हेटौँडा–कुलेखानी–काठमाडौँ जोड्ने सडक सञ्चालनमा

Published on

काठमाण्डौं । मर्मतका लागि तीन दिन सवारीसाधन आवागमन एकतर्फी बन्द गरिएको हेटौँडा–कुलेखानी–काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग आइतबार साँझबाट सञ्चालनमा आएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडक बगाएपछि डाइभर्सन निर्माण गरी वैकल्पिक मार्ग खुलाई यातायात सुचारु गरिएकोमा मर्मतका लागि तीन दिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको सडकखण्ड सञ्चालनमा आएको हो ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा बनाइएको डाइभर्सनमा ह्युम पाइप थप्ने र सडक चौडा बनाउने कार्यका लागि सडकखण्ड कात्तिक २ गतेदेखि ३ दिन बन्द गरिएकोमा सडक मर्मत गरी आइतबार साँझबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । अस्थायी रूपमा सञ्चालन गरिएको उक्त सडकखण्डमा नयाँ ट्र्याक र उकालोका कारण साना सवारीसाधनको आवागमनमा समस्या भएपछि ह्युम पाइप राखेर मर्मत गरिएको हो । गोरखापत्र

ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ...

औषधीय गुण भएको महुवा सङ्कलन

काठमाडौँ । औषधीय गुण भएको महुवा सङ्कलन सिजन सुरु भएको छ । कैलालीका स्थानीयले...

कर्णालीको खानेपानी समस्या छिट्टै समाधान हुन्छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिट्टै समाधान गर्ने बताउनुभएको छ ।...

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको...