हेटौँडा–कुलेखानी–काठमाडौँ जोड्ने सडक सञ्चालनमा

Published on

काठमाण्डौं । मर्मतका लागि तीन दिन सवारीसाधन आवागमन एकतर्फी बन्द गरिएको हेटौँडा–कुलेखानी–काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग आइतबार साँझबाट सञ्चालनमा आएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडक बगाएपछि डाइभर्सन निर्माण गरी वैकल्पिक मार्ग खुलाई यातायात सुचारु गरिएकोमा मर्मतका लागि तीन दिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको सडकखण्ड सञ्चालनमा आएको हो ।

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा बनाइएको डाइभर्सनमा ह्युम पाइप थप्ने र सडक चौडा बनाउने कार्यका लागि सडकखण्ड कात्तिक २ गतेदेखि ३ दिन बन्द गरिएकोमा सडक मर्मत गरी आइतबार साँझबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । अस्थायी रूपमा सञ्चालन गरिएको उक्त सडकखण्डमा नयाँ ट्र्याक र उकालोका कारण साना सवारीसाधनको आवागमनमा समस्या भएपछि ह्युम पाइप राखेर मर्मत गरिएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...