बाँकेमा यस वर्ष एक लाख ५० हजार मेट्रिकटन धान उत्पादन हुने

Published on

काठमाण्डौँ । बाँके जिल्लामा यस वर्ष एक लाख ५० हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन हुने अनुमान गरिएको छ । सुरुदेखिनै अनुकूल मौसम र समयमा रोपाइँ भएकाले यस वर्ष विगतभन्दा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले यस वर्ष जिल्लामा किसानका लागि सुरुदेखिनै मौसम अनुकूल भएको र बिचमा बाढी आएर धान नोक्सानी पनि नभएकोले धानको उत्पादन बढ्ने अनुमान गरिएको बताउनुभयो । उहाँले अहिले धान भित्र्याउने कार्य तिव्र रुपमा भइरहकोले उत्पादनको तथ्याङ्क आउन केही समय लाग्ने भएपनि गत वर्षभन्दा करिब १५ प्रतिशत उत्पादन बृद्धि हुने अनुमान गरिएको बताउनुभयो ।

धानको उत्पादन मापन गर्न ‘क्रस कटिङ’को विधि अनुसार तथ्याङ्क आउनुपर्ने जनाउँदै कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख घिमिरेले दसैँअघि नै त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो । “हामी फिल्डमा पुग्दा किसान उत्साहित देखिनुहुन्छ, धानको उत्पादन पनि राम्रो भएको देखिएको छ”, उहाँले थप्नुभयो । जिल्लाको ३५ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ । यसवर्ष प्रति हेक्टर कम्तीमा ४.३ मेट्रिकटन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । सो अनुसार यस वर्ष बाँके जिल्लामा १ लाख ५० हजार ५०० मेट्रिकटन भन्दा बढी धान उत्पादन हुनेछ ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ वैजापुर निवासी हरेराम चौधरीले गतवर्ष भन्दा यसवर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने देखिएको बताउनुभयो । उहाँले समयमा नै पानी परेको र समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने निश्चित रहेको जनाउनुभयो । उत्पादन बढ्ने देखिएपछि किसानहरु निकै खुशी देखिएका छन् । जिल्लाका अधिकांश किसानले सरकारले समयमै राम्रो मूल्य निर्धारण गरेर धान खरिद गर्नु पर्नेमा जोड दिएका छन् । उनिहरुले सरकारले धान खरिदमा ढिलाई गर्दा किसानले बाध्य भएर ब्यापारीलाई सस्तोमा धान बिक्रि गर्नु परेको गुनासो गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...