शौचालयको ढल सिधै नालीमा

Published on

काठमाण्डौँ । शौचालयको ढल सिधै खुल्ला नालीमा फालिदा जिल्ला सदरमुकाम डडेल्धुरा दुर्गन्धित बनेको छ । वर्षौदेखि शौचालयको ढल नालीमा छोडिँदै आएको छ । यसले जिल्ला सदरमुकामको बागबजार बगरकोट सडक बजार दुर्गन्धित बनेको छ भने विभिन्न रोगको सङ्क्रमण समेत बढेको छ । प्रशिद्ध धार्मिक मन्दिर घटालथान प्रवेश गर्ने द्वारदेखि करिब २०० मिटर दूरीसम्मको बजार क्षेत्रको शौचालयको ढल खुल्ला नालीमा छोडिएको छ । नालीबाट दुर्गन्ध आउने भएकाले स्थानीयहरुले आ–आफनो घर अगाडीको नाली टीनका पाताले छोपेका छन् । कतिपय सेप्टी टङ्कीपनि टीनका पाताले छोपिएका छन् । बगरकोट सडक बजार क्षेत्रका होटेल, पसल र केही स्थानीयका शौचालयको ढल खुल्ला नालीमा छोडिएको स्थानीयहरुको गुनासो छ । यसको उचित व्यवस्थापन हुनुपर्ने माग स्थानीयहरुको छ । तर हालसम्म पनि समस्याको समाधान हुन नसकेको भन्दै आइतबार स्थानीयहरुले संयुक्त रुपमा हस्ताक्षर गर्दै अमरगढगी नगरपालिकालाई निवेदन बुझाएका छन् ।

यस क्षेत्रका स्थानीयहरुले फोहोर व्यवस्थापन हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई बोधार्थ राखेर अमरगढी नगरपालिकाको कार्यालयमा निवेदन बुझाएको स्थानीय पवन ऐरले बताउनुभयो । अमरगढी नगरपालिका ५ मा पर्ने यहाँबाट अमरगढी नगरपालिका २, ३ वडासँगै भागेश्वर गाउँपालिका र बैतडीको तल्लो स्वराड क्षेत्र मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका स्थानीयहरुको आउजाउ गर्ने मुख्य सडक बाटो हो । दिनभरी नै यस सडकमा दोहोरो गाडी पार्किङ गरी राखिएका हुन्छन् । साँघुरो सडकमा दोहोरो पार्किङले आउजाउ गर्न समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढाएको छ । यसैमाथि फोहोर व्यवस्थापन नहुनु र शौचालयको ढल खुल्ला नालीमा छोडिएको छ । दुर्गन्धका कारण यस क्षेत्रमा आउजाउ गर्न निकै कठिन हुने गरेको उहाँले बताउनुभयो । दुर्गन्धका कारण राति घरमा बस्नै नसकिने स्थानीय राजेन्द्र पनेरुको गुनासो छ ।

आइतबार निवेदन बुझाएपछि सोमबार बिहान मात्रै अमरगढी नगरपालिकाले यस क्षेत्रमा सरसफाई गरेको स्थानीय गोयलदत्त पाण्डेयले बताउनुभयो । अमरगढी नगरपालिकाले बजार सबै क्षेत्रबाट प्रत्येक दिन बिहान फोहोर उठाउने गरेको छ । तर यस क्षेत्रबाट भने थिएन । उहाँले आइतबार २७ जनाले सरसफाई र ढलको निकासका लागि सामूहिक निवेदन बुझाएपछि बल्ल फोहोर उठेको जानकारी दिनुभयो । तर नालीमा मिसाइएको शौचालयको ढलले बजार दुगन्धित नै रहेको उहाँले बताउनुभयो । नालीमा मिसाइएको शौचालयको ढलको व्यवस्थापन नगरिए महामारी फैलिन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । केहीको लापरवाहीका कारण यस क्षेत्रमा बसोबास गर्ने हजारौं स्थानीयले यस क्षेत्र भएर आउजाउ गर्नेहरुले समस्या भोग्नुपर्ने भन्दै स्थानीयहरुले चाँडै ढल व्यवस्थापन हुनुपर्ने माग अमरगढी नगरपालिका समक्ष राख्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...