बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम

Published on

काठमाण्डौँ । पाँच मुरी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम दिने भएको छ । कृषकलाई बदाम उत्पादनमा अझै हौसला मिलोस् भनेर नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम दिन लागेको हो । उत्पादनको आधारमा प्रोत्साहन अनुदान रकम प्रदान गर्ने निर्णय गरिएको मेयर विमला राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका अत्याधुनिक बदाम उत्पादन हुने क्षेत्र हो । उत्पादनमा आधारित प्रोत्साहन रकम लिनलाई नगरपालिकाले कात्तिक ५ गते सूचना जारी गरेको छ ।

पाँच मुरीभन्दा धेरै बदाम फलाउने कृषकले १५ दिनभित्र आफ्नो वडा कार्यालयमा निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । पाँच मुरी बदाम फलाउने कृषकले एक मुरीको ५ सयका दरले २५ सय प्रोत्साहन रकम पाउने छन् । पाँच मुरीभन्दा बढी फलाउने कृषकले ५ मुरीसम्म ५ सयका दरले र पाँच मुरीभन्दा बढीको तीनसयका दरले प्रोत्साहन रकम पाउने मेयर राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकामा यो वर्ष करिब सातसय मुरी बदाम उत्पादन हुने आङ्कलन गरिएको छ । करिब दुईसय घरधुरीले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दैआएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाको वडा २ डिकुवा, वडा ३ च्यास्मिटार, वडा ५ दुर्छिम, वडा ७ महादेवस्थान, वडा ८ धितुङ र वडा ११ राजापानीमा बदाम खेती हुँदैआएको छ । सो ठाउँमा उत्पादित बदाम जिल्लाका सबै ठाउँ र जिल्ला बाहिर छिमेकी जिल्लाका बजारमा पुग्ने गरेको छ । बदाम प्रवर्धनका लागि नगरपालिकाले उत्पादनमा आधारित रकम प्रदान गर्न लागेको मेयर राईले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...