बदाम उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम

Published on

काठमाण्डौँ । पाँच मुरी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम दिने भएको छ । कृषकलाई बदाम उत्पादनमा अझै हौसला मिलोस् भनेर नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम दिन लागेको हो । उत्पादनको आधारमा प्रोत्साहन अनुदान रकम प्रदान गर्ने निर्णय गरिएको मेयर विमला राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका अत्याधुनिक बदाम उत्पादन हुने क्षेत्र हो । उत्पादनमा आधारित प्रोत्साहन रकम लिनलाई नगरपालिकाले कात्तिक ५ गते सूचना जारी गरेको छ ।

पाँच मुरीभन्दा धेरै बदाम फलाउने कृषकले १५ दिनभित्र आफ्नो वडा कार्यालयमा निवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । पाँच मुरी बदाम फलाउने कृषकले एक मुरीको ५ सयका दरले २५ सय प्रोत्साहन रकम पाउने छन् । पाँच मुरीभन्दा बढी फलाउने कृषकले ५ मुरीसम्म ५ सयका दरले र पाँच मुरीभन्दा बढीको तीनसयका दरले प्रोत्साहन रकम पाउने मेयर राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकामा यो वर्ष करिब सातसय मुरी बदाम उत्पादन हुने आङ्कलन गरिएको छ । करिब दुईसय घरधुरीले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दैआएका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाको वडा २ डिकुवा, वडा ३ च्यास्मिटार, वडा ५ दुर्छिम, वडा ७ महादेवस्थान, वडा ८ धितुङ र वडा ११ राजापानीमा बदाम खेती हुँदैआएको छ । सो ठाउँमा उत्पादित बदाम जिल्लाका सबै ठाउँ र जिल्ला बाहिर छिमेकी जिल्लाका बजारमा पुग्ने गरेको छ । बदाम प्रवर्धनका लागि नगरपालिकाले उत्पादनमा आधारित रकम प्रदान गर्न लागेको मेयर राईले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...