खाना, नाना र छानाभन्दा ठुलो मानवीयता हुँदैन : प्रमुख देवकोटा

Published on

काठमाण्डौँ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मानवका लागि खाना, नाना र छानाभन्दा ठुलो मानवीयता अरू केही नहुने बताउनुभएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गर्न आयोजना गरिएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को अभियानलाई मङ्गलबार हेटौँडामा सम्बोधन गर्दै उद्धारको काम प्रशंसायोग्य भएको बताउनुभयो ।

“अभियान सराहनीय छ, मानवप्रति सेवा गर्ने कामको जति बखान गरे पनि कमै हुन्छ” प्रदेश प्रमुख देवकोटाले भन्नुभयो । सडक मानवको उद्धार, संरक्षण गर्ने काम सामाजिक भाव, मन, वचन कर्मले हुने बताउँदै यो पुण्यको काममा सबैले हातेमालो गर्नुपर्नेमा उहाँले जोड्दिनुभयो । सरकारले मात्र सडक मानवमुक्त गर्न सम्भव नभएको बताउँदै उहाँले सबै नागरिकको जिम्मेवारी भएको बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले सेवाभावले गरेको सामाजिक कामको प्रशंसा गर्दै प्रदेश सरकारले पनि आश्रमका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । सडक मानवमुक्त गर्ने अभियान आफैँमा उत्कृष्ट काम भएको बताउँदै सीमित स्रोतको परिचालन गर्दै व्यवस्थापन गर्नु पनि चुनौतीको विषय भएको जिकिर गर्नुभयो । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी (श्रेष्ठ) ले मानव भएर जन्मेपछि सबैले मानवको सेवा गर्नुपर्ने बताउनुभयो ।

बागमती प्रदेशलाई सडक मानव मुक्त बनाउने अभियानसाथ र सहयोग गर्न मन्त्रालय सदैव तयार रहेको उहाँको भनाइ छ । सोही कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले सडकमा मानवको सङ्ख्या बढ्नु चिन्ताको विषय भएको औँल्याउनुभयो । उहाँले सडक मानव मुक्त गर्न दिगो व्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिनुभयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवालले कुनै पनि मानव सडकमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिँदै त्यसका लागि राज्य सदैव साथमा रहेको बताउनुभयो । कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, वडा ९ का अध्यक्ष सुकराम केसी, आनी छोइङ डोल्मा फाउन्डेसनका आनी छोइङ डोल्मा लगायतकाले मानव र मानवीयताका विषयमा धारणा राख्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...