दलित हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन जरुरी : अध्यक्ष दाहाल

Published on

काठमाण्डौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले भेट गरी दलित समुदायसँग जोडिएका ऐन कानुन निर्माणका बारेमा छलफल गर्नुभएको छ । सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा आयोगका अध्यक्ष विकले दलित विकास प्राधिकरण र दलितको हक संरक्षण तथा विकासका सम्बन्धमा छुट्टै ऐन बनाउनका लागि सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभामा दलित समुदायका हक अधिकारका विषयमा नियमित आवाज उठाउन आफूले सबै सदस्यहरुलाई प्रोत्साहित गरिरहेको भन्दै दलितका सवाल दलित सांसदले मात्रै नभई अन्य समुदायका सांसदहरुले पनि उठाउनु पर्नेमा जोड दिएको बताउनुभयो । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले उपसमिति गठन गरि दलितको हक संरक्षण र दलितको विकास सम्बन्धमा विधेयकको प्रारम्भिक मस्यौदा तयार गरिसकेको र बाँकी काम पनि द्रुत गतिमा अगाडि बढाउन आफूले पहल गर्ने अध्यक्ष दाहालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय सभाले दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी न्याय सुनिश्चित गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव पारित गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसको कार्यान्वयनका लागि आफूले पनि पटक पटक सम्बन्धित पक्षलाई सचेत बनाइरहेको बताउनुभयो । विगतमा राजनीतिक आन्दोलनका क्रममा जातीय विभेद, छुवाछूत लगायतका कुप्रथाविरुद्ध सम्झौताहीन सङ्घर्ष गरेको स्मरण गर्दै अध्यक्ष दाहालले कानुन निर्माणसँगै ती कानुनको प्रभावकारी कार्यान्वयनमा सबै तहका सरकार र राज्यका निकायको तदारुकता बढ्नुपर्नेमा जोड दिनुभयो । “कानुन निर्माण गरेर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन जरुरी छ,” अध्यक्ष दाहालले भन्नुभयो, “त्यसका लागि कानुन कार्यान्वयनको जिम्मेवारीमा रहेका राज्यका निकायले गम्भीरतापूर्वक लिनुपर्दछ।”

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...