दलित हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन जरुरी : अध्यक्ष दाहाल

Published on

काठमाण्डौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले भेट गरी दलित समुदायसँग जोडिएका ऐन कानुन निर्माणका बारेमा छलफल गर्नुभएको छ । सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा आयोगका अध्यक्ष विकले दलित विकास प्राधिकरण र दलितको हक संरक्षण तथा विकासका सम्बन्धमा छुट्टै ऐन बनाउनका लागि सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभामा दलित समुदायका हक अधिकारका विषयमा नियमित आवाज उठाउन आफूले सबै सदस्यहरुलाई प्रोत्साहित गरिरहेको भन्दै दलितका सवाल दलित सांसदले मात्रै नभई अन्य समुदायका सांसदहरुले पनि उठाउनु पर्नेमा जोड दिएको बताउनुभयो । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले उपसमिति गठन गरि दलितको हक संरक्षण र दलितको विकास सम्बन्धमा विधेयकको प्रारम्भिक मस्यौदा तयार गरिसकेको र बाँकी काम पनि द्रुत गतिमा अगाडि बढाउन आफूले पहल गर्ने अध्यक्ष दाहालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय सभाले दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी न्याय सुनिश्चित गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव पारित गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसको कार्यान्वयनका लागि आफूले पनि पटक पटक सम्बन्धित पक्षलाई सचेत बनाइरहेको बताउनुभयो । विगतमा राजनीतिक आन्दोलनका क्रममा जातीय विभेद, छुवाछूत लगायतका कुप्रथाविरुद्ध सम्झौताहीन सङ्घर्ष गरेको स्मरण गर्दै अध्यक्ष दाहालले कानुन निर्माणसँगै ती कानुनको प्रभावकारी कार्यान्वयनमा सबै तहका सरकार र राज्यका निकायको तदारुकता बढ्नुपर्नेमा जोड दिनुभयो । “कानुन निर्माण गरेर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन जरुरी छ,” अध्यक्ष दाहालले भन्नुभयो, “त्यसका लागि कानुन कार्यान्वयनको जिम्मेवारीमा रहेका राज्यका निकायले गम्भीरतापूर्वक लिनुपर्दछ।”

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...