सहकारीपीडित र रास्वपाको प्रदर्शनले जनजीवन प्रभावि

Published on

काठमाण्डौँ । पछिल्लो एक सातादेखिका निरन्तर प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ । सूर्यदर्शन सहकारीकापीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताको प्रदर्शनले ठाउँ–ठाउँमा सडक अवरुद्ध र ट्राफिक जाम हुने गरेका छन् । पूर्वगृहमन्त्रीसमेत रहनुभएका रास्वपा सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि बिहीबार कास्की अदालतमा लगिएको छ । भित्र म्याद थपको प्रक्रिया जारी रहँदा निषेधित क्षेत्र घोषणा भएकाले अदालत वरपर र जिल्ला प्रहरी कार्यालय कास्की आसपासको क्षेत्र सुनसान छ । यी क्षेत्रमा प्रहरीले सवारी आवागमन रोकेको छ । गएको आइतबार लामिछानेलाई म्याद थपका लागि लगिएको बेला सहिदचोकमा भएको प्रदर्शन हटाउन नसकेपछि प्रशासनले निषेधाज्ञा लगाएको थियो । कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछाने र असोज ६ गते पक्राउ पर्नुभएका जोशी दुवै गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक हुनुहुन्छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शन सहकारीबाट तीन करोडभन्दा बढि रकम अवैधानिक रुपमा गएको देखिएको छ ।

लामिछाने पक्राउ परेपछि देशैभरबाट नेता, कार्यकर्ता पोखरा केन्द्रित गरी रास्वपाले प्रदर्शन जारी राखेको छ । आज वाइचोकमा १० बजेदेखि रास्वपाको प्रदर्शन जारी छ । सँगसँगै सूर्यदर्शनका पीडित बचतकर्ताले मुस्ताङचोकमा प्रदर्शन गरिरहेका छन् । एक अर्ब ३५ करोड रकम अपचलन भएको सूर्यदर्शनको मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधिन छ । संसदीय समितिले सिफारिसबमोजिम लामिछानेमाथि अनुसन्धान थालेको प्रहरीले आइतबार उहाँसँग बयान लिन सुरु गरेको थियो । बयान नसकिएकाले थप थुनामा राख्न म्याद थपका लागि जोशी र लामिछानेलाई अदालत लगिएको हो । दुवै पक्षको विरोध प्रदर्शनका कारण सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । सहिदचोकमा पानीको फोहोर हान्ने गाडीसमेत सडकमै राखिएको छ । मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको प्रवेशद्धार सहिदचोक र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी भएपछि सर्वसाधारण र पर्यटकसमेत हिँडेरै गन्तव्यतिर जान बाध्य भएका छन् । गोरखापत्र

ताजा समाचार

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...

विस्थापित हुँदै टाङ्गा घोडा सवारी पेशा

काठमाडौँ । एक ठाउँबाट अर्को ठाउँमा अवतजावत गर्न सबभन्दा पुरानो सवारीसाधनको रुपमा रहेका टाङ्गा...