गाउँमै मौलिकता झल्कने सङ्ग्रहालय

Published on

काठमाण्डौँ । नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहनजस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेको छ । उचित संरक्षणका लागि यहाँको भीरकोट नगरपालिका–७ मा फरक शैलीको सङ्ग्रहालय सञ्चालन गरिएको हो । ४५ घर गुरुङ समुदायको बसोबास रहेको यहाँ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको मौलिक कला संस्कृति पहिचानलाई सङ्ग्रहालयमार्फत जोगाउने प्रयास गरिएको हो । जिजु बाजेका पालामा अत्यधिक प्रयोग गर्दैआएका मौलिक पहिचान पश्चिमेली संस्कृतिको प्रभाव पर्दैजान थालेपछि जीवन्त राख्न स्थानीयको पहलमा सङ्ग्रहालय स्थापना गरेको खिलुङ होमस्टेका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

खिलुङ कालीका पर्यटन समितिले पर्यटन विकास समितिको आर्थिक सहयोगमा ३२ लाखको लागतमा सङ्ग्रहालय निर्माण गरेको हो । शाह वंशीय राजाहरूको उद्गमस्थलको रूपमा समेत चिनिने खिलुङ कालीका मन्दिरनजिक भएकाले समेत सङ्ग्रहालयको महत्त्व झन् बढेको हो । समुद्र सतहबाट एक हजार ६ सय मिटरको उचाइमा निर्माण गरिएको सङ्ग्रहालयमा लोप हुन लागेका पुर्खाहरूले प्रयोग गरेका ढिकी, जाँतो, पञ्चेबाजाका, डालो, सुपो, काठका ठेकी, दौरा सुरवाल, घलेक, कुटो, कोदालो, खुर्पा, स्याखु, हँसिया, कछिया, मल उठाउने असोक्रा, झ्याली, ढ्याङग्रो, घण्टी, सङ्खलगायतका रीतिरिवाज, धर्म र रहन सहनसँग जोडिएका मौलिक बस्तुहरू राखिएको छ ।

पुर्खाहरूले प्रयोग गर्ने सामग्री राखिएको सङ्ग्रहालय हेर्न विभिन्न ठाउँबाट पर्यटक आउने गरेको गुरुङले बताउनुभयो । भौगोलिक हिसाबले दुर्गम मानिने खिलुङ होमस्टे समेत रहेको यो गाउँमा पर्यटक भित्र्याउन सङ्ग्रहालयको पुखौँली सामग्रीले महत्त्वपूर्ण भूमिका खेलेको छ । सीमित स्रोत साधनका बाबजुद पनि यहाँ उल्लेख्य आन्तरिक पर्यटक आउने गरेका छन् भने सङ्ग्रहालय निर्माणले बाह्य पर्यटकको समेत भित्रिने आशा गाउँलेको रहेको छ । यहाँ पछिल्लो क्रममा फिल्म, म्युजिक भिडियो सुटिङ गर्ने र वनभोजका लागि समूह आउने गरेका छन् । कचौराभरी मह खुवाएर स्वागत गरिने खिलुङ होमस्टे आफैमा महत्त्व रहेको छ । यो ठाउँ जहाँबाट प्याराग्लाइडिङ गरिन्छ सोही ठाउँमा अवतरण गर्न सकिने नेपालकै एक मात्र प्याराग्लाइडिङ गर्ने ठाउँ हो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...