धानको मूल्य घट्दा मर्कामा किसान

Published on

काठमाण्डौँ । चाडपर्व मनाउन कृषि उपज बिक्री गर्नुपर्ने बाध्य भएका रौतहटका किसान यतिबेला मर्कामा परेका छन् । आम्दानीको अन्य स्रोत नभएपछि धान बिक्री गरेर चाड पर्व मनाउन बाध्य भएका किसान मल्य घटेपछि मर्कामा परेका हुन् । सामाजिक मूल्य मान्यता, रितिरिवाज र परम्परा मान्दै आएका तर न्यून आय भएका किसानले चाड पर्व मनाउन कै लागि भए पनि मूल्यको वेवास्ता गर्दै अन्न बिक्री गर्नुपर्ने बाध्यताको मौका छोपी गल्ला व्यापारीले भाउ घटाउने गर्छन् । अन्नको भाउ कहाँ कति छ भन्ने बारे किसानलाई कुनै जानकारी दिने आधिकारीक निकाय नभएका कारण पनि यतिबेला बिचका व्यापारीबाट ठगिने गरेको किसानले गुनासो छन् । ग्रामीण भेगका सोझासाझा किसानले व्यापारीले तोकेको मूल्यमा नै धान बेचेका छन् अहिले ।

मुलुकका विभिन्न सहरमा बिक्री गरिने दैनिक उपभोग्य वस्तु तथा तरकारीको थोक तथा खुद्रा मूल्यको बारेमा सञ्चारका विभिन्न माध्यमले जानकारी गराइरहेको पाइन्छ । तर कृषि उपजमध्य कै अन्नबालीको दर भाउ भने कहिँ कतैबाट जानकारी नपाएको किसान बताउँछन् । गुजरा नरपालिका–५ का किसान जयकिसन चौधरी भन्नुहुन्छ, “धान काट्ने बेलादेखि नै चाडबाड सुरु हुने हुँदा व्यापारीले जहिले पनि यो समयमा धानको भाउ घटाउने गरेको पाइन्छ । दसैँ त जसोतसो मनाइयो । दिपावली र छठ मनाउन धान बिक्री गर्न खोज्दा भाउ निकै घटेको पाइयो । डुबानमा परेको धानको मूल्य त झनै कम लगाएका छन् व्यापारीले ।”

स्थानीय गल्ला व्यापारी अजयकुमार गुप्ताकाअनुसार एक साता अघि मात्र सावित्री धानको मूल्य प्रति क्विन्टल चार हजार रुपियाँ रहेकोमा अहिले तीन हजार सात सय रुपियाँ छ । गोरखनाथ प्रति क्विन्टल चार हजार रुपियाँबाट तीन हजार आठ सय रुपियाँमा झरेको छ । यसैगरी, कतर्नी धानको मूल्य प्रति क्विन्टल चार हजार रुपियाँमा तीन सय रुपियाँ घटेको छ । डुबानमा परेको धानको अवस्था हेरी प्रति क्विन्टल तीन हजार रुपियाँदेखि तीन हजार तीन सय रुपियाँसम्ममा खरिद गरिन्छ । दसैँ, तिहार तथा छठ पर्व जस्तो चाडवाडमा दैनिक उपभोग्य वस्तु, लत्ताकपडालगायत अन्य वस्तुको मूल्यमा वृद्धि भएको पाइन्छ तर कृषि उपज भने सस्तोमा बिक्री गर्नुपर्ने किसानको बाध्यता छ । चन्द्रपुर नगरपालिका–५ का किसान मधु पौडेल भन्नुहुन्छ, “सरकारले कुनै माध्यमबाट समय मै अन्नको भाउको बारेमा जानकारी गराउने व्यवस्था गरे किसानले उचित मूल्य पाउन सक्छन् र ठगीनबाट जोगिन्छन् । अन्नको भाउ घट्नुका कारणको बारे जिल्लाका कुनै पनि गल्ला व्यापारीसँग कुनै ठोस आधार छैन ।” गोरखापत्र

ताजा समाचार

नक्कली परीक्षार्थी पक्राउ, सात दिनको म्याद थप

काठमाडौँ । प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोग, पोखरा कार्यालयमा...

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

काठमाडौँ । “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर...

राजकाँडा धुलीकोट ऐतिहासिक पर्यटकिय स्थल ओझेलमा

काठमाडौँ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई...

अव्यवस्थित सहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित सहरीकरणले विश्वमै समस्या ल्याएको र...