वैद्यखानालाई टालटुल गरेर अघि लैजाने स्थिति छैनः मन्त्री पौडेल

Published on

काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधीको उत्पादन बढाइ बाहिरी मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताउनुभएको छ । बुधबार सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधी बिक्री गर्दै आएको भए पनि ९० प्रतिशत आयुर्वेदिक औषधी भने बाहिरबाट आयात गर्नुपरेको जानकारी दिनुभयो । वैद्यखानाले माग पूरा गर्नसके बाहिरी मुलुकबाट आयात हुने औषधी बन्द गर्ने बताउनुभयो ।

मन्त्री पौडेलले औषधीको उत्पादन बढाए बिक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको पनि बताउनुभयो । उहाँले सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा नपाउने पनि जानकारी दिनुभयो । उहाँले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्नुहुँदै अब सबै मिलेर उकास्नुपर्ने जरुरी रहेको भनाइ राख्नुभयो । मन्त्री पौडेलले नेपालले आयुर्वेदिक औषधीको मामिलामा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने क्षमता बनाउन सक्नुपर्ने बताउनुभयो । स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने सङ्कल्प गर्न आग्रह गर्नुभयो । उहाँले वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...