वैद्यखानालाई टालटुल गरेर अघि लैजाने स्थिति छैनः मन्त्री पौडेल

Published on

काठमाण्डौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधीको उत्पादन बढाइ बाहिरी मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताउनुभएको छ । बुधबार सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधी बिक्री गर्दै आएको भए पनि ९० प्रतिशत आयुर्वेदिक औषधी भने बाहिरबाट आयात गर्नुपरेको जानकारी दिनुभयो । वैद्यखानाले माग पूरा गर्नसके बाहिरी मुलुकबाट आयात हुने औषधी बन्द गर्ने बताउनुभयो ।

मन्त्री पौडेलले औषधीको उत्पादन बढाए बिक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको पनि बताउनुभयो । उहाँले सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा नपाउने पनि जानकारी दिनुभयो । उहाँले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्नुहुँदै अब सबै मिलेर उकास्नुपर्ने जरुरी रहेको भनाइ राख्नुभयो । मन्त्री पौडेलले नेपालले आयुर्वेदिक औषधीको मामिलामा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने क्षमता बनाउन सक्नुपर्ने बताउनुभयो । स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने सङ्कल्प गर्न आग्रह गर्नुभयो । उहाँले वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको बताउनुभयो ।

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...