तिहारमा प्लाष्टिक मालाको बिक्री बढ्यो

Published on

काठमाण्डौँ । तिहारसँगै डोटी जिल्लाका बजार क्षेत्रमा प्लाष्टिका फुल मालाको बिक्री बढेको छ । जिल्ला सदरमुकाम सिलगढी, प्रमुख ब्यापारिक केन्द्र पिपल्ला, दिपायललगायत ग्रामीण क्षेत्रमा रहेका स–साना बजार क्षेत्रमा समेत प्लाष्टिकका फूलमालाको बिक्री अत्याधिक रुपमा भइरहेको छ । स्थानीय तहहरुले प्लाष्टिकका मालालगायतका सामग्री आयात बिस्थापन गर्ने किसिमका नीति निर्माण नगरेका कारण पनि ब्यापारीहरुले प्लाष्टिकको फूलमाला आयात र बिक्री बितरणलाई प्राथमिकतामा राखेको हुनसक्ने बताइएको छ । डोटीको दिपायल सिलगढी नगरपालिकाका स्थानीय चक्र साहुले भन्नुभयो, ‘प्लाष्टिकको फूलमालाको प्रयोग गर्दा हुने बेफाइदाका बारेमा जनचेतना जगाउने किसिमका क्रियाकलाप पनि आयोजना गरिएको देखिदैन । स्थानीय सरोकारवालाहरु यस बिषयमा गम्भीर हुनुपर्ने देखिन्छ ।’

बिगतका बर्षहरुजस्तै यो बर्ष पनि प्लाष्टिकका फूलका माला बिक्री बितरणमा रोक लाग्न सकेको छैन । जिल्लाका कतिपय स्थानहरुमा किसानहरुले ब्यावसायिक रुपमा फूल खेतीको सुरुवात गरिरहेका छन् । आयातित प्लाष्टिकका फूलमालाका कारण फूलखेती गरिरहेका किसानले उत्पादन भएका फुलको उचित मूल्य पाउन सकेका छैनन् । ब्यावसायिक रुपमा फूलखेति गरिरहनु भएका डोटीको शिखर नगरपालिका –१० का स्थानीय लोकेन्द्र रावलले भन्नुभयो, ‘हामीले उत्पादन गरेका सयपत्री फूल त्यसै खेरजाने अवस्थामा छ । सरोकारवाला निकाय मौन रहेका कारण प्लाष्टिकका माला आयात रोक्न सकिएको छैन ।’

प्लाष्टिकका कारण वातारणमा समेत नराम्रो असर परिरहेको छ । जिल्ला प्रशासन कार्यालय डोटीले चाडपर्वको समयमा बजार क्षेत्रमा बजार अनुगमन गरिरहेको भए पनि प्लाष्टिकका फूलमाला लगायतका सामग्रीको विक्रीमा रोक लगाएको देखिदैन । डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भन्नुभयो, –‘स्थानीय तहहरुले पनि आफ्नो क्षेत्रमा नीति निर्माण गरेर प्लाष्टिकका माला आयात रोक्न सक्छन्, यहाँ के भइरहेको म बुझ्छु ।’

उद्योग बाणिज्य संघ डोटीले अघिल्लो बर्ष तिहारको समयमा प्लाष्टिकका माला बिक्री बितरण नगर्न सूचना नै जारी गरेको थियो । सूचना जारी गरिएको भए पनि प्लाष्टिकका फूलका मालाहरु बिक्री बितरण रोकिएको थिएन । जिल्ला प्रशासन कार्यालयबाट कुनै जानकारी नआएको भए पनि गत बर्षकै निर्णयलाई कायम गरी प्लाष्टिकका माला बिक्री बितरण रोक लगाइएको उद्योग बाणिज्य संघ डोटीका अध्यक्ष बिक्रम साउँदले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...