थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता हुँदै

Published on

काठमाण्डौँ । पश्चिम नेपालको तराई जिल्ला बाँके थारु लोक संस्कृति र सभ्यताका निकै धनी मानिन्छ । थारु संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले बाँकेको बैजनाथ गाउँपालिकामा दुई दिने थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवर्धन तथा प्रवर्धन कार्यक्रम हुने भएको छ । थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्यले कात्तिक २१ र २२ गते दुई दिने कार्यक्रम हुने भएको हो । राष्ट्रिय थारु कलाकार मञ्चले कार्यक्रमको तयारी तिव्र गतिमा अगाडी बढेको बताएको छ ।

मञ्चका अध्यक्ष बिनोथ चौधरीले थारुहरुको मौलिक कला, संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रमका लागि विभिन्न स्थानीय तहहरुसँग समन्वय सहकार्य गरिएको आयोजकको भनाइ छ । कार्यक्रममा प्रतियोगिताका लागि करिब २० देखि २५ वटा टिम सहभागी हुनुका साथै अन्य सांस्कृतिक प्रस्तुतिहरु रहने जनाइएको छ । दर्शकको सहजताका लागि साविकको बैजनाथ गाउँपालिका रहेको बनकट्वामा हुने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुति रहनेछ । गोरखापत्र

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...