थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता हुँदै

Published on

काठमाण्डौँ । पश्चिम नेपालको तराई जिल्ला बाँके थारु लोक संस्कृति र सभ्यताका निकै धनी मानिन्छ । थारु संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले बाँकेको बैजनाथ गाउँपालिकामा दुई दिने थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवर्धन तथा प्रवर्धन कार्यक्रम हुने भएको छ । थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्यले कात्तिक २१ र २२ गते दुई दिने कार्यक्रम हुने भएको हो । राष्ट्रिय थारु कलाकार मञ्चले कार्यक्रमको तयारी तिव्र गतिमा अगाडी बढेको बताएको छ ।

मञ्चका अध्यक्ष बिनोथ चौधरीले थारुहरुको मौलिक कला, संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रमका लागि विभिन्न स्थानीय तहहरुसँग समन्वय सहकार्य गरिएको आयोजकको भनाइ छ । कार्यक्रममा प्रतियोगिताका लागि करिब २० देखि २५ वटा टिम सहभागी हुनुका साथै अन्य सांस्कृतिक प्रस्तुतिहरु रहने जनाइएको छ । दर्शकको सहजताका लागि साविकको बैजनाथ गाउँपालिका रहेको बनकट्वामा हुने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुति रहनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...