कविडाँडा आख्यान पुरस्कार प्रा. कृष्ण गौतमलाई

Published on

काठमाण्डौँ । कविडाँडा आख्यान पुरस्कार २०८० आख्यानकार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरिएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार सौराहामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा प्रा. गौतमको अद्धैत उपन्यासका लागि सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा समाजका अध्यक्ष एल वि क्षेत्रीले पुरस्कृत श्रष्टालाई दोसल्ला ओढाइ सम्मान पत्र र नगद पुरस्कारले सम्मान गर्नुभएको हो । पुरस्कारको राशि एक लाख २५ हजार रुपियाँ रहेको छ । साहित्यका क्षेत्रमा चितवनमा स्थापित आख्यान पुरस्कारको राशि यो नै बढी हो ।

सो अवसरमा बोल्दै अध्यक्ष क्षेत्रीले अद्धेत उपन्यासले समाजमा दिन खोजेको सन्देशका बारेमा चर्चा गर्नुभएको थियो । समीक्षक डा. एक नारायण पौडेलले अद्धेत उपन्यास माथि समीक्षा गर्दै अद्धेत वर्षभरिकै उत्कृष्ट आख्यान भएको बताउनुभयो । कार्यक्रममा बोल्दै लेखक प्रा. गौतमले सम्मानले आफूलाई नयाँ पुस्तकको सिर्जनामा थप प्रेरणा जागेको बताउनुभयो । कार्यक्रममा समीक्षक महेश पौडेलले पनि उपन्यास माथि बोल्नु भएको थियो । प्रा. गौतमको उपन्यास अद्धेतलाई यस अघि पद्मश्री पुरस्कारबाट सम्मान गरिएको छ । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...