सिकलसेलका बिरामीको उपचारमा सहज हुने विश्वास

Published on

काठमाण्डौँ । सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्डको स्थापना हुने भएपछि बिरामीको उपचार गर्न सहज हुने विश्वास गरिएको छ  । वार्डको अभावले गर्दा अस्पतालमा सिकलसेलका बिरामीहरू आउने तर भने जस्तो उपचार गर्न नसकिरहेको अवस्थामा बेग्लै वार्ड स्थापना गर्ने निर्णयले यस क्षेत्रका सिकलसेलका बिरामीलाई निकै राहत मिल्ने भेरी अस्पतालका प्रमुख मेसु डा. नीराजन सुवेदीले बताउनुभयो । उहाँले थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोग ठुलो समस्याका रूपमा देखिएकाले सरकारले बेग्लै वार्ड स्थापना गरेर अति नै सराहनीय काम गरेको बताउनुभयो । सिकलसेलका लागि छुट्टै वार्डको माग धेरै पहिलेदेखि हुँदै आएकोमा अहिले आएर पूरा भएको बाकककेका थारु अगुवा राजेन्द्र चौधरीले बताउनुभयो ।

उहाँले यसका लागि आफूहरू लगायत अन्य अगुवाहरूले पनि धेरै पहिलेदेखि प्रयास गर्दै आएको बताउनुभयो । भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बाँके, बर्दियालगायतका पश्चिम तराईका थारु समुदायहरूमा प्रमुख स्वास्थ्य समस्याको रूपमा सिकलसेल रहेकाले अब उपचारमा सहजता हुने बताउनुभयो । उहाँले यसको उपचारका लागि छुट्टै वार्ड नहुँदा समस्या रहेकोमा अब नहुने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले केही दिन अघि मात्र मन्त्रिस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचारको व्यवस्था गर्ने निर्णय गर्नुभएको थियो । ठुलो सङ्ख्यामा थारु समुदायमा समस्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन नसकिरहेको अवस्थामा भेरीमा छुट्टै वार्डको व्यवस्था गर्ने निर्णय पछि सहज हुने चिकित्सक र थारु समुदायका अगुवाहरूको भनाइ छ । गोरखापत्र

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...