उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

Published on

काठमाण्डौँ । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ । बैठकले निर्वाचनका लागि सिफारिस भइआएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको छ । ‘निर्णय भइआएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने काम गरेको छ र सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ’ बैठक पछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो । स्थानीय तह उपनिर्वाचनमा सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने ज्ञवालीले जानकारी दिनुभयो । निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलहरूसँग सहकार्य हुनसक्ने उहाँले बताउनुभयो । बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका नयाँ घटनाक्रम र त्यसले नेपालमा पार्ने अनुकूलता र चुनौतीका विषयमा पनि बैठकमा समीक्षा भएको उहाँले जानकारी दिनुभयो । बदलिँदो अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राखी राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग सन्तुलित, असल र राष्ट्रिय हितको सम्बन्धलाई अघि बढाउन सरकारलाई बैठकले सुझाव दिएको ज्ञवालीले बताउनुभयो ।

बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा पनि गरेको उहाँले बताउनुभयो । सरकारको कामलाई अझ प्रभावकारी बनाउन बनेको दुई दलीय संयन्त्रको बारेमा पनि बैठकमा छलफल भएको छ । दुई दलको बिचमा निरन्तर संवाद र सहमतिका लागि सो कार्यदल बनेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, कोशी प्रदेश सभा सदस्य लीलाबल्लभ अधिकारीमाथि पार्टीको प्रदेश कमिटीले गरेको कारबाहीलाई बैठकले अनुमोदन गरेको छ । उहाँलाई पार्टी सदस्यतासहित सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ । उहाँमाथि हुने छानबिनमा पार्टीले पूर्ण सहयोग गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवालीले जानकारी दिनुभयो । मङ्सिर ७ गते पार्टीका काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आयोजना गर्ने जागरण सभालाई प्रभाकारी बनाउने पनि बैठकले निर्णय गरेको छ । त्यसका लागि जनसंगठनलाई परिचालित गर्ने बैठकले निर्णय गरेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...