मुस्ताङ यात्राको चिसो त्याग्ने स्थलः म्याग्दीको भुरुङ तातोपानी

Published on

काठमाण्डौँ । कालिगण्डकी कोरिडोरमा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानी कुण्ड मुस्ताङ यात्राको चिसो फाल्ने स्थलका रूपमा विकास भएको छ । कालिगण्डकी नदी किनारमा रहेका दुई वटा तातोपानीका कुण्ड यतिखेर मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटकले भरिभराउ भएको छ । दैनिक रूपमा पाँच सय देखि सात सय जना पर्यटकले कुण्डमा स्नान गर्ने गरेका छन् । बिहान ६ बजे देखि बेलुका ९ बजे सम्म नै तातोपानी कुण्डमा स्नान गरेर चिसो फाल्ने र थकान मेटाउने पर्यटकको अहिले निकै भिडभाड छ । दसैँ पछिका दिनहरूमा मुस्ताङ भ्रमण जाने पर्यटक सङ्ख्यामा उल्लेख्य वृद्धि भएकाले तातोपानीमा पर्यटकको चाप बढेको तातोपानी कुण्ड सञ्चालक अमृतमान शेरचनले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘अपर मुस्ताङ सम्म पुगेर फर्किएका पर्यटकहरू चिसो फाल्न र यात्राको थकान मेटाउन तातोपानी कुण्डमा स्नान गर्दछन् । दसैँ पछिका दिनहरूमा पर्यटकले तातोपानी भरिभराउ भएको छ ।’’ पर्यटक बढेसँगै तातोपानी क्षेत्रका होटेल व्यवसायीहरू उत्साहित भएको उहाँको भनाई छ । पर्यटकलाई आकर्षित गर्न तातोपानी कुण्ड वरपर नियमित सरसफाइ र पर्यटकमैत्री वातावरण बनाएको उहाँले बताउनुभयो । तातोपानीको कुण्ड नजिकै कपडा फेर्ने ठाउँ, धारा,सार्वजनिक शौचालयलाई व्यवस्थित बनाएको उहाँको भनाई छ । तातोपानीमा स्नान गर्न आएका पर्यटकको सुविधाका लागि कुण्ड परिसरमा क्यान्टिन समेत सञ्चालन गरिएको छ ।

काली गण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मूलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ४५ डिग्री सेल्सियससम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गर्ने व्यवस्था मिलाइएको कुण्ड सञ्चालक शेरचनले बताउनुभयो । मुस्ताङ भ्रमणमा आएका पर्यटकका साथै अन्नपूर्ण पदयात्रामा आएका पर्यटक तातोपानी झरेर स्नान गर्दछन् । कुण्डमा स्नानका लागि स्वदेशीलाई ५० र विदेशीलाई एक सय ५० रुपियाँ शुल्क तोकिएको छ । कुण्डमा प्रवेश शुल्क र क्यान्टिन सञ्चालन गर्न गाउँपालिकासँग चालु आर्थिक वर्षमा ५६ लाख २५ हजार तीन सय ७७ रुपियाँमा ठेक्का सम्झौता गरेको होटेल हट स्पिरिङका सञ्चालक समेत रहनुभएका शेरचनले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...