ब्रुसेलोसिस रोगले पुरुषमा नपुंसकता बढाउने जोखिम

Published on

काठमाण्डौँ । ब्रुसेलोसिस रोगले पुरुषहरूमा नपुंसकता बढाउने भएकोले यसका बारेमा सचेतना जगाउन आवश्यक रहेको सरोकारवालाहरूले बताउनु भएको छ । नेपालगन्जमा भएको अभिमुखीकरण कार्यक्रममा ब्रुसेलोसिस रोगले पछिल्लो समय कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई असर गर्ने उच्च सम्भावना रहेको बताइएको छ ।पशुहरूबाट मानिसमा तथा मानिसबाट पशुमा सर्ने जुनोटिक रोगहरूका बारेमा सचेतना जगाउन नेपालगन्जमा भएको कार्यक्रममा ब्रुसेलोसिस रोगले पुरुषहरूमा नपुंसकता बढाउने तथा पशुहरूमा गर्भ तुहिने तथा साल अड्किने समस्या आउने गरेको बारेमा छलफल गरिएको थियो । पशु सेवा शाखाले पशु प्राविधिक, कृषक र सरोकारवालालाई सचेत बनाउन अभिमुखीकरण गरेको हो ।
पशु प्राविधिक, कृषक र सरोकारवाला गरी ४० जनालाई अभिमुखीकरण गरिएको छ ।

पशुबाट मानिसमा सर्ने रेबिज, ब्रुसेलोसिस, बर्डफ्लु, टिबी लगायतका रोगहरूका बारेमा जानकारी गराउन उद्देश्यले अभिमुखीकरण गरिएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताउनु भयो । पशु प्रजनन कार्यालय गौघाट बाँकेका पशु विकास अधिकृत डा. मिलनकुमार चौधरीले जिनोटिक रोहरूको जोखिम र नियन्त्रणबारे सहजीकरण गर्दै जानकारी गराउनु भएको थियो । डा.चौधरीले रेबिज रोग ९५ प्रतिशत कुकुरको टोकाइबाट मानिसमा सर्ने भएकाले घरपालुवा तथा सामुदायिक कुकुरहरूको भ्याक्सिनेशन र बन्ध्याकरणमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । नेपाल सरकारको सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने प्रतिबद्धता अनुसार काम गर्नुपर्ने उहाँको भनाई थियो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...