दिउसोको खाजामा विद्यार्थीलाई स्थानिय उत्पादन दिनु पर्ने

Published on

काठमाण्डौँ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप–२०८१ बनाएर सरोकारवाला सबैलाई यस्तो अनुरोध गरेको हो । मन्त्रालयले तयार पारेको प्रारूपमा दिवा खाजाको पूर्ण दायित्व स्थानीय तहले लिँदा अहिलेको भन्दा प्रभावकारी हुने पनि औँल्याएको छ । हाल विद्यार्थीलाई खुवाउने गरिएको दिवा खाजामा अपेक्षित गुणस्तर नभएको तथा खाजाका रूपमा चाउचाउ, चिउरा, बिस्कुटलगायत अल्पपोषक तत्व दिने गरिएको पाइएको छ । स्थानीय तह आफैँले दिवा खाजाको दायित्व लिँदा यस्ता तत्वको सट्टा पोषणयुक्त खाजा दिन सकिने तथा व्यवस्थापनमा पनि सहज हुने प्रारूपले स्पष्ट पारेको छ । दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहले स्थानीय कृषि उत्पादन र दिवा खाजाबिच सम्बन्ध स्थापित गर्न विशेष नीति नै बनाउन सक्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईद्वारा स्वीकृत प्रारूपमा उल्लेख छ ।

हाल सरकारले सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ । दिवा खाजाका लागि हरेक विद्यालयमा स्थानीय तहमार्फत प्रतिविद्यार्थी प्रतिदिन १५ रुपियाँका दरले रकम प्रदान गर्दै आएको छ । तर काठमाडौँ महानगरपालिकाले भने कक्षा ८ सम्मकै विद्यार्थीलाई सङ्घीय सरकारले उपलब्ध गराएको १५ रुपियाँमा थपेर प्रतिदिन ३० रुपियाँको दरले दिवा खाजाका लागि रकम दिने गरेको छ । मन्त्रालयका अनुसार विद्यार्थीको दिवा खाजामा लगानी गरिएको एक अमेरिकी डलरले पाँच डलरबराबरको प्रतिफल दिने गरेको पाइएको छ । नेपालमा दिवा खाजा कार्यक्रम सन् १९६७ देखि ३७ जिल्लाका सुविधाविहीन बालबालिकाबाट सुरु गरिएको थियो । आर्थिक वर्ष २०७६र७७ बाट भने प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै बालबालिकालाई दिवा खाजा दिन सुरु गरिएको हो । सरकारले आर्थिक वर्ष २०८१र८२ को बजेटमा कक्षा ५ सम्मका बालबालिकाको दिवा खाजा कार्यक्रमका लागि आठ अर्ब ३९ करोड रुपियाँ विनियोजन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा छ करोड रुपियाँले थोरै हो ।

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...