वराहक्षेत्रमा कात्तिके मेला

Published on

काठमाण्डौँ । सुनसरीको वराहक्षेत्र मन्दिरमा पौराणिककालदेखि लाग्दै आएको कात्तिके मेला सुरु भएको छ । वराहक्षेत्र नगरपालिका वडा नम्बर १ मा रहेको वराह भगवान्को विशेष पूजाअर्चना गरी मेला सुरु गरिएको हो । मेला हरिबोधनी एकादशीको दिनदेखि सुरु भएर पूर्णिमासम्म पाँच दिन लाग्छ । यो अवधिमा सप्तकोशी नदीमा स्नान गरी वराह भगवान्को दर्शन गर्नाले पुण्य प्राप्त हुने विश्वासका साथ दर्शनार्थीको भिड लाग्ने गर्छ । वराह क्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले मेलाका लागि आवश्यक पूर्वाधार घाट, विद्युत्, खानेपानी, स्वास्थ्य र सुरक्षाको व्यवस्थापन गरेको जनाएको छ ।

समितिका अनुसार भारतका विहारवासीले वराह भगवान्लाई आफ्नो कुलदेवता मान्ने गरेकाले मेलाको अवसरमा त्यहाँबाट हजारौँ भक्तजन आउने गर्छन् । मेलाको अवसरमा वराह भगवान्को दैनिक विशेष पूजाअर्चना हुनुका साथै विद्वान् आचार्यहरूबाट कथा प्रवर्चन र भजनकीर्तन हुने गर्छ । पौराणिक कथा अनुसार भगवान् वराह तथा वराह क्षेत्र धामलाई संसारको पहिलो धामका रूपमा व्याख्या गर्ने गरिएको सचिव घिमिरेले बताउनुभयो । मेलाको अवसरमा स्थानीयले उत्पादन गरेको अम्लिसोको कुचो, नाङ्लो, डालो र तेजपत्ताको राम्रो व्यापार हुने गरेकाले स्थानीयवासी निकै उत्साहितसमेत हुने गरेका छन् । वराह भगवान् विष्णुका १० अवतारमध्ये तेस्रो अवतार मानिन्छ । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान्ले वराहको रूप धारण गरेर डुब्नबाट जोगाएको पौराणिक कथा पाइन्छ ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...