रारामा सुविधासम्पन्न होटलको अभाव

Published on

काठमाण्डौँ । पर्यटकीय स्थल रारातालमा पर्यटक बढे पनि सुविधासम्पन्न होटेल नहुँदा पर्यटकलाई आवासको समस्या हुन थालेको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटुले रारामा चमेनागृहका नाममा दुई वटा होटेल डाँफे चमेनागृह र भिलेज हेरिटेज रिसोर्र्टलाई मात्र सञ्चालन अनुमति दिएको छ । दिनप्रतिदिन पर्यटकको सङ्ख्या वृद्धि भए पनि होटेलको सङ्ख्या बढ्न सकेको छैन । कालीकोटबाट रारा घुम्न आएका नरेन्द्र मल्लले भन्नुभयो, “राराताल आसपासमा प्रतिस्पर्धी होटेलको व्यवस्था नहुँदा हामी जस्ता आन्तरिक पर्यटकले खान र बस्नैका लागि दुःख पाउने गरेका छन् । त्यहाँ भएका दुई होटेल बुक भइसक्ने र पर्यटकको सङ्ख्या बढी हुँदा खान र बस्नको समस्या भएको उहाँले बताउनुभयो । खानकै समस्याले तीन दिन बस्ने योजना आफूले बनाए पनि एक दिनमै फर्कनु परेको उहाँको भनाइ छ । उहाँले पर्यटकलाई सहजताका लागि अन्य होटेल सञ्चालनको अनुमति दिनुपर्ने माग उहाँले गर्नुभयो ।

सङ्घीय सरकारको वन तथा वातावरण मन्त्रालयले रारामा चमेनागृहका नाममा स्थापना भएको डाँफे र हेरिटेज होटेललाई मात्र एकलौटी अनुमति दिँदा राराभन्दा बाहिर रहेका दर्जनौँ होटेलमा सेवाग्राही नआउने गरेको स्थानीय विर्षबहादुर रोकायाले बताउनुभयो । रारा हेर्न आउने पर्यटकलाई सहज हुने उद्देश्यले यहाँ रारातालमा प्रदूषण नहुने गरी अन्य होटेल खोल्नुपर्ने सुझाव उहाँले दिनुभयो । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख महेश न्यौपानेका अनुसार डाँफे होटेल तथा चमेनागृहका सञ्चालक गोपल बमको चमेनागृह सम्झौतापत्र अनुसार २०६६ साल मङ्सिर १ देखि मासिक दुईरदुई हजार रुपियाँ राजस्व बुझाउने गरी १० वर्षसम्मका लागि सञ्चालन गर्न पाउने अनुमति रहेको छ । त्यसै गरी अर्को भिलेज हेरिटेज रिसोर्टका सञ्चालक राजबहादुर कार्कीको आर्थिक वर्ष २०७० साल माघ १ गते मासिक पाँच हजार रुपियाँ राजस्व बुझाउने गरी २०८० पुस मसान्तसम्म रिसोर्ट सञ्चालनको अनुमति पाएको कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । रारामा स्थापना रहेका डाँफे र भिलेज होटेलको पुनः सञ्चालन गर्न पाउने वा नपाउने मन्त्रालयको अधिकार भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “रारातालमा थप होटेल सञ्चालन गर्न दिने नदिने अधिकार मन्त्रालयसँग रहेको छ, उसैले निर्णय गर्ने हो ।”

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...