कात्तिक नाचमा वराह र हिरण्याक्षको युद्ध

Published on

काठमाण्डौँ । हिजो बुधबार द्वादशीका दिन कात्तिक नाचको क्रममा वराह अवतार नाच देखाइएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा हुने कात्तिक नाचको वराह अवतारमा कृष्ण र इन्द्रको प्रस्तुती हुन्छ । स्वर्गलोकका राजा इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित छ । यज्ञ भङ्ग भएपछि विष्णुले वराह अवतार लिइ हिरण्याक्ष दैत्यसँग युद्ध गर्छन् । आफूहरूले हार्दै जाँदा हिरण्याक्षसहित उनका दैत्यगण भाग्छन् । यो अवतारअन्तर्गत आफूसँग भएको शक्ति प्रदर्शनको गलत प्रयोग गर्दा भाग्नुपर्ने अवस्था आउँछ तसर्थ त्यसो नगर्न सन्देश दिन खोजेको छ ।

नेपाल संवत् ७६१ अर्थात् विक्रम संवत् १८७९ सालमा ललितपुरका राजा सिद्धिनरसिंह मल्ल सुरु गरेको यो नाचभन्दा लामो साङ्गीतिक भाव भएको नाच भएको मानिन्छ । देशमा विघ्नबाधा नहोस् र शान्ति सुव्यवस्था कायम रहोस् भन्ने हेतुले जनतालाई एउटै सूत्रमा बाँधेर एक ठाउँमा ल्याई मनोरञ्जनका साथ धार्मिक, नैतिक, सामाजिक र राजनैतिक ज्ञान दिने उद्देश्यले यो नाच सुरु गरिएको मानिन्छ । दश दिनसम्म प्रस्तुत गरिने यो नाचमा पहिलो दिन भक्त सुरदास प्याखँ त्यसैगरी क्रमशः बाथस् प्याखँ, युद्ध कला, देवी प्याखँ, महामुख, च्वले खुदाँ दाँ खुदाँकौला खिचा, जल शयण, वराह अवतार, नृसिहं अवतार र वस्त्रहरण लीला प्रस्तुत गरिने गरिन्छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...