कात्तिक नाचमा वराह र हिरण्याक्षको युद्ध

Published on

काठमाण्डौँ । हिजो बुधबार द्वादशीका दिन कात्तिक नाचको क्रममा वराह अवतार नाच देखाइएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा हुने कात्तिक नाचको वराह अवतारमा कृष्ण र इन्द्रको प्रस्तुती हुन्छ । स्वर्गलोकका राजा इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित छ । यज्ञ भङ्ग भएपछि विष्णुले वराह अवतार लिइ हिरण्याक्ष दैत्यसँग युद्ध गर्छन् । आफूहरूले हार्दै जाँदा हिरण्याक्षसहित उनका दैत्यगण भाग्छन् । यो अवतारअन्तर्गत आफूसँग भएको शक्ति प्रदर्शनको गलत प्रयोग गर्दा भाग्नुपर्ने अवस्था आउँछ तसर्थ त्यसो नगर्न सन्देश दिन खोजेको छ ।

नेपाल संवत् ७६१ अर्थात् विक्रम संवत् १८७९ सालमा ललितपुरका राजा सिद्धिनरसिंह मल्ल सुरु गरेको यो नाचभन्दा लामो साङ्गीतिक भाव भएको नाच भएको मानिन्छ । देशमा विघ्नबाधा नहोस् र शान्ति सुव्यवस्था कायम रहोस् भन्ने हेतुले जनतालाई एउटै सूत्रमा बाँधेर एक ठाउँमा ल्याई मनोरञ्जनका साथ धार्मिक, नैतिक, सामाजिक र राजनैतिक ज्ञान दिने उद्देश्यले यो नाच सुरु गरिएको मानिन्छ । दश दिनसम्म प्रस्तुत गरिने यो नाचमा पहिलो दिन भक्त सुरदास प्याखँ त्यसैगरी क्रमशः बाथस् प्याखँ, युद्ध कला, देवी प्याखँ, महामुख, च्वले खुदाँ दाँ खुदाँकौला खिचा, जल शयण, वराह अवतार, नृसिहं अवतार र वस्त्रहरण लीला प्रस्तुत गरिने गरिन्छ ।

ताजा समाचार

जङ्गलघाटमा पुल निर्माणको काममा ढिलाइ

काठमाडौँ । तुर्माखाँद गाउँपालिका-४ का ६८ वर्षीय प्रेमबहादुर बुढाले चिसापानी–जंगलघाट–मंगलसेन सडकको चर्चा सुनेको करिब...

संविधान विरोधी गतिविधि स्वीकार्य नहुने: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताउनुभएको छ । गण्डकी...

चलचित्रसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस हुने

काठमाडौँ । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र...

शिक्षक आन्दोनल : दराजमा थन्कियो सात हजार उत्तर पुस्तिका

काठमाडौँ । संस्थागत विद्यालयमा विद्यार्थी भर्ना गर्नका लागि विद्यार्थी र अभिभावकको चहल पहल बढिरहेका...