कार्वन उत्सर्जन गर्ने राष्ट्रहरुले असरको क्षतिपूर्ति दिनुपर्छ

Published on

काठमाण्डौँ । राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले बढ्दो हरितगृह ग्याँसको उत्सर्जन लगायतका कारण नेपालले जलवायु परिवर्तनजन्य असर निरन्तर भोग्नु परेको भन्दै यसको क्षतिपूर्ति पाउनु पर्ने प्रस्ताव राख्नु भएको छ । अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) ‘न्यायसंगत र समतामूलक ऊर्जा संक्रमणका लागि रूपान्तरणात्मक विधायी’ वहसमा आफ्ना धारणा राख्दै शाक्यले यस्तो प्रस्ताव राख्नु भएको हो । उहाँले जीवाश्म इन्धन निर्भरता घटाउने र जीवाश्म मुक्त भविष्यका लागि समतापूर्ण ऊर्जा पहुँच सुनिश्चित गर्नेतर्फ विश्व समुदायको ध्यान केन्द्रित हुनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले मानव सिर्जित समस्या प्रकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरण लगायतले जलवायु परिवर्तनमा भूमिका खेलेको र त्यसले प्राकृतिक प्रकोपका साथै जलवायुजन्य विपद्ले मानव जीवनमा गम्भीर असर गरिरहेको उल्लेख गर्नुभयो ।

‘अधिक उत्पादन गर्ने देशहरुले औधिगिक क्रान्तिकालदेखि नै बायुमण्डललाई प्रदुषण गर्दै आएका छन्’ उहाँले भन्नुभयो, ‘नेपालले हरित हाइड्रोजन र नवीकरणीय उर्जामा आफूलाई बढी केन्द्रित हुनुपर्ने मुद्दा नेपालले उठान गरेको छ । प्रदुषण गर्ने सुचीमा नेपाल धेरै तल रहे पनि नेपालले अरु मुलुकभन्दा द्रूत गतिमा क्षति व्यहोर्नु परिरहेको छ ।’ डा. शाक्यले चाँदीझैँ टलक्क टल्कने नेपालका सेता हिमाल कालापत्थरमा परिणत हुँदैगएको भन्दै जलवायु परिवर्तनको असरका कारण नेपालका हिमाल उराठलाग्दो बन्न थालेको र यसले समग्र र जलवायुजन्य विपद्का कारण बसाईसराई बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘ठूला उद्योग भएका देशहरुले गरेको कार्वन उत्सर्जनका कारण हामीले कहिले हिमपहिरोको सिकार हुनुपरेको छ भने कहिले भारी वर्षाले ल्याउने विपद्बाट तर्सिरहनु पर्ने अवस्था छ । सुख्खाका कारण उत्पादन घटिरहेको छ । हामीले नगरेको गल्ती कहिलेसम्म भोगिरहने ?’

नेपालले हरियाली प्रवर्धन गर्दै जाने अनि ठूला र सम्पन्न मुलुकहरुले उद्योग सञ्चालनका नाममा कार्वन उत्सर्जन गर्दै जाने हो भने न्यायसंगत र समतामूलक नहुनेमा पनि उहाँले जोड दिनुभयो । उहाँले केही महिना पहिला नेपालले जलवायु परिवर्तनका कारण हिम पहिरोको समस्या झेल्नु परेको र ठूलो विपद्को सामना गर्नुपरेको कुरालाई स्मरण गराउँदै जलवायु परिवर्तन गराउन मुख्य भूमिका खेल्ने मुलुकबाट ‘जलवायु वित्त’ को माग पनि गर्नुभयो । ‘नेपालले भोगिरहेको हानी नोक्शानीको क्षतिको क्षतिपुर्ति बढी मात्रामा कार्वन उत्सर्जन गर्ने राष्ट्रहरुले दिनुपर्छ’ उहाँले भन्नुभयो । बहसमा नेपालसँगै इजिप्ट, बोलिभिया, युगान्डा, कोलम्बिया, क्यानडा, केन्यालगायतका देशका सांसद र सो क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...