गुल्मीमा दीर्घरोगीका बिरामी खोज्दै स्वास्थ्य कार्यालय

Published on

काठमाण्डौँ । गुल्मीमा ४० वर्ष उमेर कटेका सुगर, उच्च रक्तचाप र मिर्गौलाका बिरामीहरूको स्क्रीनिङ गर्न लागिएको छ । स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यका अनुसार ४० वर्ष माथि उमेरका सुगर, उच्च रक्तचाप र मिर्गौलाका (दीर्घरोगी) बिरामीहरूको स्क्रीनिङ गर्न लागेको बताउनुभयो । सदरमुकाम तम्घासमा कार्यालयले आयोजना गरेको सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा उक्त कुराको जानकारी गराएको हो । लक्षण नदेखिए पनि सुगर, उच्चरक्तचाप र मिर्गौलाका बिरामी भएको हुनसक्ने भएकाले रोग पत्ता लगाउनका लागि स्की्रनिङ गर्न लागेको आचार्यले बताउनुभयो ।

१२ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र सरोकारवालाहरूको छलफल कार्यक्रममा लक्षण देखा नपरे पनि सुगर, उच्च रक्तचाप र मिर्गौलाका बिरामीहरू भएको हुन सक्ने भएकाले बेलैमा खोज गरी औषधी उपचार गर्नुपर्ने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापाले बताउनुभयो । स्थानीय तहसँगको समन्वयमा जिल्ला भित्रका सबै दीर्घरोगीहरुको विवरण सङ्कलन गर्न सकेमा जिल्लाको वास्तविक अवस्थाको बारेमा जानकारी हुने भएकाले यसमा सहयोग गर्न स्थानीय तहलाई कार्यालयले आग्रह गरेको छ । जिल्लाभर ४० वर्ष माथि उमेरकाको स्वास्थ्य परीक्षण गरी विवरण लिनका लागि कार्यालयसँग पर्याप्त बजेट नभएकाले स्थानीय तहको समन्वय र सहकार्य विना उक्त विवरण लिन असम्भव भएको आचार्यले बताउनुभयो ।

कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्यालले पालिका भित्रका ४० वर्ष कटेका सुगर,उच्च रक्तचाप र मिर्गौलाका बिरामीहरूको स्वास्थ्य परीक्षणका साथै ल्याब परीक्षण गरी विवरण लिनका लागि स्थानीय सरकारसँग छलफल गर्नुपर्ने बताउनुभयो । बजेटसङग जोडिएको विषय भएकाले स्थानीय सरकारले निर्णय गर्नुपर्ने उहाँको भनाइ छ । यस्तै, मालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त भुसालले स्वास्थ्य कार्यालयसँग बजेट सीमित भएकाले पालिकाभरको विवरण सङ्कलन गर्नमा कठिन हुने बताउनुभयो । कार्यालयको बजेटले जिल्लाको जनसङ्ख्याको आधारमा २० प्रतिशत पनि काम गर्न नसकिने उहाँको तर्क छ । कार्यालयमा उक्त कार्यका लागि १० लाख बजेट रहेको आचार्यले बताउनुभयो । कार्यक्रममा सरोकारवालाहरूले स्थानीय सरकारले पनि बजेटको व्यवस्था गरेर जिल्लाभरको विवरण आउन सकेमा राम्रो हुने बताएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...