नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिबिम्वित गर्छ : प्रधानमन्त्री

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताउनुभएको छ । बुधबार २१ औँ राष्ट्रिय ज्यापू दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकाले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिबिम्वित गर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति विकसित संस्कृति हो । यस संस्कृतिले नेपाली संस्कृतीलाई मुल रुपमा प्रतिबिम्वित गर्छ । थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरु छन् । हाम्रा पर्वपच्छिे गीत र नृत्यहरु पनि बेग्लै प्रकारको छ । र दुनियाँमा यस्तो पृथक प्रकारको संस्कृति अन्यत्र पाइँदैन । यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरुका आफ्नै इतिहास र आफ्नै विशेशता छन् ।’’


उहाँले नेपालमा समुदायपिच्छे नै पृथक प्रकारको संस्कृति रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनैपनि देशमा नरहेको उल्लेख गर्नुभयो । उहाँले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरुका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेवार संस्कृति परिमार्जित र परिस्कृत संस्कृति रहेको बताउनुभयो । नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणका लागि सबै एकजुट भएर लाग्न उहाँले आग्रह समेत गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले विश्वास लिएको छु हामी सबैले मिलेर यस्ता संस्कृतिहरुको संरक्षण गर्नुपर्दछ । यी संस्कृतिहरुको जगेर्ना गर्दै उत्थान गर्नुपर्दछ । नेपालका जोगाउनुपर्ने संस्कृतिहरुमध्ये काठमाडौं उपत्यकाबाट सुरु भएको नेवार संस्कृति अत्यन्तै उन्नत, सम्पन्न र इतिहास बोकेको संस्कृति हो ।’’ ज्यापु दिवस (योमरि पुन्ही) मङ्सिर ३० गते मनाइँदैछ ।

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...