नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिबिम्वित गर्छ : प्रधानमन्त्री

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताउनुभएको छ । बुधबार २१ औँ राष्ट्रिय ज्यापू दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएकाले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिबिम्वित गर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति विकसित संस्कृति हो । यस संस्कृतिले नेपाली संस्कृतीलाई मुल रुपमा प्रतिबिम्वित गर्छ । थुप्रै नेपाली संस्कृतिका शाखा उपशाखाहरु छन् । हाम्रा पर्वपच्छिे गीत र नृत्यहरु पनि बेग्लै प्रकारको छ । र दुनियाँमा यस्तो पृथक प्रकारको संस्कृति अन्यत्र पाइँदैन । यथार्थमा नेवार संस्कृति, नेवार परिकार, नेवार पहिरनहरुका आफ्नै इतिहास र आफ्नै विशेशता छन् ।’’


उहाँले नेपालमा समुदायपिच्छे नै पृथक प्रकारको संस्कृति रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको जस्तो संस्कृति संसारका अन्य कुनैपनि देशमा नरहेको उल्लेख गर्नुभयो । उहाँले नेवार संस्कृति, नेवार परिकार र नेवार पहिरनहरुका आफ्नै इतिहास र विशेषता रहेको बताउँदै यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेवार संस्कृति परिमार्जित र परिस्कृत संस्कृति रहेको बताउनुभयो । नेपालका हरेक संस्कृति र परम्पराको संरक्षणका लागि सबै एकजुट भएर लाग्न उहाँले आग्रह समेत गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले विश्वास लिएको छु हामी सबैले मिलेर यस्ता संस्कृतिहरुको संरक्षण गर्नुपर्दछ । यी संस्कृतिहरुको जगेर्ना गर्दै उत्थान गर्नुपर्दछ । नेपालका जोगाउनुपर्ने संस्कृतिहरुमध्ये काठमाडौं उपत्यकाबाट सुरु भएको नेवार संस्कृति अत्यन्तै उन्नत, सम्पन्न र इतिहास बोकेको संस्कृति हो ।’’ ज्यापु दिवस (योमरि पुन्ही) मङ्सिर ३० गते मनाइँदैछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...