जुम्ला साक्षर जिल्ला घोषणा

Published on

काठमाडौँ । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको हो ।जुम्लाको टुँडिखेलमा आयोजना गरिएको साक्षर जिल्ला घोषणा कार्यक्रममा प्रदेश सभा सांसद देवेन्द्र बहादुर शाहीले ब्यानर उद्घाटन गर्दै जुम्ला साक्षर जिल्ला घोषणा गर्नुभयो भने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जिल्लाका आठै वटा स्थानीय तहले तयार पारि शिक्षा विकास तथा समन्वय एकाइ पठाइएको एकीकृत तथ्याङ्क पढेर सुनाउदै साक्षर जिल्लाको घोषणा गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला संयोजक गौरीनन्द आचार्यका अनुसार राष्ट्रिय साक्षरता मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत माथी साक्षरता पुगेमा साक्षर जिल्ला घोषणा गर्न सकिने आधार बमोजिम जुम्ला जिल्लाको १५ देखि ६० उमेर समूहका ७२ हजार तीन सय १९ जनसङ्ख्यामध्ये ६९ हजार चार सय ७७ अर्थात् ९६.०७ प्रतिशतले साक्षर भएको छ ।

उहाँका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा हिमा गाउँपालिकामा ९५.७२ प्रतिशत, चन्दननाथ नगरपालिकामा ९८.१९ प्रतिशत, कनकासुन्दरी गाउँपालिकामा ९७.०० प्रतिशत, सिँजा गाउँपालिका ९५.५ प्रतिशत, पातारासी गाउँपालिका ९५.२४ प्रतिशत, तातोपानी गाउँपालिका ९५.७७ प्रतिशत, तिला गाउँपालिकालाई ९५.४ प्रतिशत र गुठिचौर गाउँपालिका ९५.७३ प्रतिशत नागरिक साक्षर भएका छन् । स्थानीय तहले यस अघि घोषणा गसिकेपछि जिल्ला घोषणाका लागि मापदण्ड अनुसार साक्षर जिल्ला आवश्यक भएकाले २०८१ मङ्सिर ९ गते बसेको साक्षर अभियान जिल्ला समन्वय समितिले ११ गते घोषणा गर्ने निर्णय गरेको थियो । घोषणा अभियानमा कर्णाली प्रदेश सांसद देवेन्द्रबहादुर शाहीले साक्षर जिल्ला घोषणा भएकोमा सबैलाई बधाई दिनुभयो । उहाँले अवका दिनमा पूर्ण साक्षर जिल्ला घोषणाका लागि सबै जुट्नुपर्ने बताउनुभयो । उहाँले जुम्ला ऐतिहासिक जिल्ला भएकाले साक्षर जिल्लाको रूपमा घोषणा हुनु हाम्रो लागि अझ अवसर भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...