लवाङ्गी पूजा गरेर नयाँ धानको भात

Published on

काठमाडौँ । थारु समुदायमा लवाङ्गी पूजा गरेर मात्र नयाँ धानको भात खाने चलन छ । धानबाली भित्र्याइसकेपछि प्रत्येक गाउँमा यो पूजा गर्ने गरिन्छ । बाली वा अन्न पूजाको रुपमा लवाङ्गी पूजा गरेपछि नयाँ धानको भात खाने गरेको कैलारी गाउँपालिका –७ छटकपुर बसन्ता गाउँका भलमन्सा जीयाराम चौधरीले बताउनुभयो । उहाँले सोही चलनअनुरुप आफ्नो गाउँवासीले लवाङ्गी पूजा गरेको जानकारी दिनुभयो । यसैगरी, लवाङ्गी पूजाकै दिन गाउँका १९२ परिवारले भजहर पनि मनाएका छन् । भजहर एक किसिमको पूजा कार्यक्रम हो । आपतविपतबाट जोगिनका लागि भजहर मनाउने गरेको गाउँका देशबन्धिया गुरुवा दुर्गाप्रसाद चौधरीले बताउनुभयो । भजहर गाउँभन्दा केही पर वन क्षेत्र वा चउरमा गएर मनाउने गरिन्छ ।भजहरमा गाउँभरिकै मानिसले एक छाक खाना घरभन्दा बाहिर पकाएर बाहिर खाने चलन छ । लवाङ्गी पूजा र भजहरको अवसरमा परम्परागत नृत्य देखाउनुका साथै कोइली दिदी, छुर, सिक्टीफोरजस्ता पौराणिक खेल खेलेर रमाइलो गरिएको भलमन्सा चौधरीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...