तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु

Published on

काठमाडौँ । तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर वितरणको जिम्मा पालिकालाई दिएपछि सुरु गरिएको हो । जिल्लामा पहिलो पटक आबुँखैरेनी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरु गरिएको छ । वडा नम्बर २ निवासी ८१ वर्षीय रेशमराज भट्टराईलाई प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले परिचयपत्र प्रदान गरी सो कार्यक्रमको शुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा ४८ जना नागरिकहरुले परिचय पत्र प्राप्त गर्नुभयो । आबुँखैरेनीमा प्राप्त भएको परिचय पत्र वितरण कार्य निरन्तर चल्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचय पत्र वितरण गर्न पालिकामा पठाइसकिएको सो अवसरमा जानकारी दिइएको थियो । गोरखापत्र

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...