तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण सुरु

Published on

काठमाडौँ । तनहुँमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर वितरणको जिम्मा पालिकालाई दिएपछि सुरु गरिएको हो । जिल्लामा पहिलो पटक आबुँखैरेनी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरु गरिएको छ । वडा नम्बर २ निवासी ८१ वर्षीय रेशमराज भट्टराईलाई प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले परिचयपत्र प्रदान गरी सो कार्यक्रमको शुभारम्भ गरेका थिए । शुभारम्भ कार्यक्रममा ४८ जना नागरिकहरुले परिचय पत्र प्राप्त गर्नुभयो । आबुँखैरेनीमा प्राप्त भएको परिचय पत्र वितरण कार्य निरन्तर चल्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचय पत्र वितरण गर्न पालिकामा पठाइसकिएको सो अवसरमा जानकारी दिइएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...