थारु कला र संस्कृति संरक्षण गर्न सङ्ग्रहालय निर्माण हुने

Published on

काठमाडाैँ । थारु समुदायको बाहुल्यता रहेको बाँकेको बैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय निर्माण गरिने भएको छ । गाउँपालिकामा बसोबास गर्ने थारुहरूको परम्परागत कला संस्कृति र परम्पराको संरक्षण संवर्द्धन गर्ने उद्देश्यका साथ थारु सङ्ग्रहालय निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले दिनु भएको जानकारीअनुसार बैजनाथ गाउँपालिकामा थारु समुदायको बाहुल्यता रहेको र सो पालिकामा आफ्नो कला र संस्कृतिको जगेर्नाका लागि बरघरहरु सङ्गठित समेत भएकाले उहाँहरूको माग बमोजिम थारु सङ्ग्रहालय निर्माण गर्ने निर्णय गरिएको हो । 
पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङका थारु समुदायलाई लक्षित गरेर सङ्ग्रहालय निर्माण गरिने उपाध्यक्ष रोकायले बताउनुभयो । यसअघि गाउँपालिकाले थारु समुदायको बरघर प्रणाली संरक्षण, प्रवर्धन र विकास गर्न विधेयक नै तयार पारेर कार्यान्वयनमा ल्याएको छ । सोही विधेयकमा पनि थारु सङ्ग्रहालय निर्माण गर्ने विषय उल्लेख भएको छ । बरघर प्रणाली संरक्षण, प्रवर्धन र विकास गर्न गाउँपालिकाले बनाएको विधेयक २०८१ को पूर्ण रूपमा कार्यान्वयन गराउन पालिकाभित्रका ३६ बरघरहरु सङ्गठित भएपछि उपाध्यक्ष रोकायले बरघरहरुसंग सो बारेमा विस्तृत छलफल र सुझाव सङ्कलन गर्नु भएको थियो । 
सो क्रममा बरघरहरुले थारुहरूको पहिचान हुनेगरी विभिन्न कार्यहरू गर्नुपर्ने माग गर्नुभएको थियो । सो अवसरमा उपाध्यक्ष रोकायले कला, सांस्कृतिक, रीतिरिवाज, चालचलन, भेषभूषालाई संरक्षण गर्न पालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको बैजनाथ गाउँपालिका बरघर समितिका अध्यक्ष चन्द्रबहादुर चौधरीले बताउनुभयो । 
उहाँले गाउँपालिकामा थारु सङ्ग्रहालय निर्माण गर्ने निर्णय सकारात्मक र राम्रो भएको जनाउँदै यसबाट थारुहरूको पहिचान सधैँ कायम राख्न सहयोग गर्ने बताउनुभयो । बैजनाथ गाउँपालिकाका सबै वडामा बरघर समिति गठन भइसकेको जनाउँदै बरघर समितिका अध्यक्ष चौधरीले बरघर ऐन, नियम कानुन पालिकाले राजपत्रमा समेत प्रकाशन गरिसकेकाले कार्यान्वयनमा ल्याउन लागिएको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...