थारु कला र संस्कृति संरक्षण गर्न सङ्ग्रहालय निर्माण हुने

Published on

काठमाडाैँ । थारु समुदायको बाहुल्यता रहेको बाँकेको बैजनाथ गाउँपालिकामा थारु सङ्ग्रहालय निर्माण गरिने भएको छ । गाउँपालिकामा बसोबास गर्ने थारुहरूको परम्परागत कला संस्कृति र परम्पराको संरक्षण संवर्द्धन गर्ने उद्देश्यका साथ थारु सङ्ग्रहालय निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले दिनु भएको जानकारीअनुसार बैजनाथ गाउँपालिकामा थारु समुदायको बाहुल्यता रहेको र सो पालिकामा आफ्नो कला र संस्कृतिको जगेर्नाका लागि बरघरहरु सङ्गठित समेत भएकाले उहाँहरूको माग बमोजिम थारु सङ्ग्रहालय निर्माण गर्ने निर्णय गरिएको हो । 
पश्चिम नेपालका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङका थारु समुदायलाई लक्षित गरेर सङ्ग्रहालय निर्माण गरिने उपाध्यक्ष रोकायले बताउनुभयो । यसअघि गाउँपालिकाले थारु समुदायको बरघर प्रणाली संरक्षण, प्रवर्धन र विकास गर्न विधेयक नै तयार पारेर कार्यान्वयनमा ल्याएको छ । सोही विधेयकमा पनि थारु सङ्ग्रहालय निर्माण गर्ने विषय उल्लेख भएको छ । बरघर प्रणाली संरक्षण, प्रवर्धन र विकास गर्न गाउँपालिकाले बनाएको विधेयक २०८१ को पूर्ण रूपमा कार्यान्वयन गराउन पालिकाभित्रका ३६ बरघरहरु सङ्गठित भएपछि उपाध्यक्ष रोकायले बरघरहरुसंग सो बारेमा विस्तृत छलफल र सुझाव सङ्कलन गर्नु भएको थियो । 
सो क्रममा बरघरहरुले थारुहरूको पहिचान हुनेगरी विभिन्न कार्यहरू गर्नुपर्ने माग गर्नुभएको थियो । सो अवसरमा उपाध्यक्ष रोकायले कला, सांस्कृतिक, रीतिरिवाज, चालचलन, भेषभूषालाई संरक्षण गर्न पालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको बैजनाथ गाउँपालिका बरघर समितिका अध्यक्ष चन्द्रबहादुर चौधरीले बताउनुभयो । 
उहाँले गाउँपालिकामा थारु सङ्ग्रहालय निर्माण गर्ने निर्णय सकारात्मक र राम्रो भएको जनाउँदै यसबाट थारुहरूको पहिचान सधैँ कायम राख्न सहयोग गर्ने बताउनुभयो । बैजनाथ गाउँपालिकाका सबै वडामा बरघर समिति गठन भइसकेको जनाउँदै बरघर समितिका अध्यक्ष चौधरीले बरघर ऐन, नियम कानुन पालिकाले राजपत्रमा समेत प्रकाशन गरिसकेकाले कार्यान्वयनमा ल्याउन लागिएको बताउनुभयो ।

ताजा समाचार

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...

पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने

काठमाडौँ । पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान...