मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक पक्राउ

Published on

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिशिर तामाङ रहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार ०८१/०८२ परिवर्तित नाम ५१ (छ) कृष्णनगरलाई काठमाडौँबाट विभिन्न प्रलोभनमा पारी झुक्क्याई बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले नेपालको सिमाना कपिलवस्तु कृष्णनगर हुँदै भारत लैजाँदै गर्दा पक्राउ गरिएको हो । उनलाई कपिलवस्तु कृष्णनगर नगरपालिका २ लिङगेटबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...