स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह

Published on

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक रहेको बताउनुभएको छ । स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल गह्रौंसुर मन्दिरको दर्शनपछि बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले दोहोरो रुपमा कालीगण्डकी कोरीडोर मार्फत जोड्न सकिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “पाल्पाको रामपुरबाट चापाकोट, वालिङ हुँदै पर्वत जोड्न सकिन्छ ।” सडकलाई जोड्न आफूले पहल गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। स्याङ्जाको विकासलाई कोरिडोरले जोड्न अपरिहार्य रहेको उहाँको भनाइ छ ।

नेपालमा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले यसको विकासमा सरकारले काम गरिरहेको बताउनु भयो । धर्म,संस्कार र संस्कृति नेपालको पहिचान भएको सिंहको भनाइ छ । स्याङ्जाको कालीगण्डकी–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसमा सञ्चलन हुन लागेको धार्मिक महायज्ञको उद्घाटन गर्न जिल्ला आउनुभएका उपप्रधानमन्त्री सिंहले गह्रौंकालिका मन्दिरको भ्रमण गर्नुभएको हो । सो अवसरमा मन्दिरको पुनर्निमाण र व्यवस्थापन गर्दै आउनुभएका समाजसेवी डोलराज शर्माले मन्दिर तथा यसमा भईरहेका विकास निर्माणका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री सरस्वती अर्याल,वालिङ नगरपालिकाका निवर्तमान् प्रमुख दिलिपप्रताप खांण,मन्दिर व्यवस्थापन समितिका अध्याक्ष सुरजप्रचाप खांण लगायतले बोल्नुभएको थियो । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...