जनकपुरविरुद्ध पहिले फिल्डिङ गर्दै लुम्बिनी

Published on

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्नुभएको छ । जनकपुर पहिले ब्याटिङ गर्दैछ । चौथो खेल खेल्न लागेका दुवै टोली जित निकाल्ने लक्ष्यमा छन् । अघिल्ला तीन खेलमा अपराजित जनकपुर जितको लय जारी राख्ने अभियानमा छ । जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो । यस्तै अघिल्ला तीन खेल गुमाएको लुम्बिनी पहिलो जितको खोलीमा छ । लुम्बिनी विराटनगरसँग दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...