दुई बच्चासहित आमा मृत फेला

Published on

काठमाडौँ । नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक बच्चा एकै स्थानमा मृत फेला परेका छन् । डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । किस्पाङ गाउँपालिका वडा –१ भाल्चे गाउँको नुचेतमा २३ वर्षीय चन्दीमाया तामाङ र उहाँका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । आज बिहान ९ बजेको समयमा उहाँहरु मृत फेला पर्नुभएको थियो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा डिएसपी तिलक भारतीसहितको प्रहरी टोलीले छानविन गरिरहेको प्रहरीले जनाएको छ । डिएसपी भारतीका अनुसार घटना शङ्कास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकाले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ । गोरखापत्र

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...