स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’ सुरु

Published on

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय तथा मन्त्रालय मातहतका स्वास्थ्य संस्थाको सेवासम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरुवात गरेको हो । यसको लागि मन्त्रालयले गुनासो पठाउनुहोस्, हामी समाधान खोज्छौँ भन्ने नारा सहित निस्शुल्क कल सेन्टर १११५ मा बिहान ८:०० बजेदेखि बेलुका ८:०० बजेसम्म फोन गरेर आफ्नो गुनासो पठाउन तथा स्वास्थ्य सेवाबारे जानकारी लिनसक्ने व्यवस्था गरेको छ ।

भाइबर र ह्वाट्स एप नम्बरमा ९८५१३३०५९२ नम्बरमा गुनासा, सन्देश पठाउन सकिने व्यवस्था मन्त्रालयले गरेको छ । त्यसैगरी, इमेलमार्फत हेल्लो हेल्थ एट एमओएचपी डट जीओभी डट एनपीमा मन्त्रालयमा वा हुलाक मार्फत गुनासो पठाउन सक्ने व्यवस्था मन्त्रालयले गरेको । स्वास्थ्य सेवालाई अझ पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउन मन्त्रालयले यो सेवा सुरु गरेको जनाएको छ ।

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...