मुख्यमन्त्री आचार्यद्वारा बर्दियामा थारु सांस्कृतिक भवन समुद्घाटन

Published on

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली समाजमा रहेको बहुजातिय र बहुभाषिक अवस्थाले सामाजिक सद्भाव बढाउन मद्दत गरेको बताउनुभएको छ । बर्दियाको बासगढि नगरपालिका-५ लक्ष्मणपुरस्थित थारु सांस्कृतिक केन्द्रको नवनिर्मित भवनको मङ्गलबार समुद्घाटन गर्नु हुँदै मुख्यमन्त्री आचार्यले थारु समुदाय संस्कृतिको धनी रहेको बताउँदै प्रदेश सरकारले आवश्यक सहयोग गर्नुभयो ।

सीमान्तकृत समुदायलाई सरकारी सेवामा आरक्षणसहितको व्यवस्था कानुनमा गरिएको जानकारी दिनुभयो । सीमान्तकृत र पिछडिएको क्षेत्र सरकारको प्राथमिकतामा रहेको भन्दै सुकुम्बासी र भुमिहिन समस्या समाधान गरिने बताउनुभयो । प्राचीन थारु सृजनशिल आदिबासी समाज बर्दियाका कार्यकारी निर्देशक एकराज चौधरीले गुर्बाबा एफएममार्फत आदिवासी थारु,जनजाती सहित सबै समुदायको हक अधिकारको पक्षमा काम गरिरहेको बताउनुभयो । जग्गादाता टीकाराम पौडेलले डेढ कठ्ठा जग्गा र डेनमार्कका फ्लेमिङ टपसोयले ५५ लाख,समाजको २६ लाख, लुम्बिनी प्रदेश सरकारको २० लाख र बासगढि नगरपालिकाको १५ लाख गरि एक करोड १६ लाख रुपियाँको लागतमा भवन निर्माण भएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...