मुख्यमन्त्री आचार्यद्वारा बर्दियामा थारु सांस्कृतिक भवन समुद्घाटन

Published on

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली समाजमा रहेको बहुजातिय र बहुभाषिक अवस्थाले सामाजिक सद्भाव बढाउन मद्दत गरेको बताउनुभएको छ । बर्दियाको बासगढि नगरपालिका-५ लक्ष्मणपुरस्थित थारु सांस्कृतिक केन्द्रको नवनिर्मित भवनको मङ्गलबार समुद्घाटन गर्नु हुँदै मुख्यमन्त्री आचार्यले थारु समुदाय संस्कृतिको धनी रहेको बताउँदै प्रदेश सरकारले आवश्यक सहयोग गर्नुभयो ।

सीमान्तकृत समुदायलाई सरकारी सेवामा आरक्षणसहितको व्यवस्था कानुनमा गरिएको जानकारी दिनुभयो । सीमान्तकृत र पिछडिएको क्षेत्र सरकारको प्राथमिकतामा रहेको भन्दै सुकुम्बासी र भुमिहिन समस्या समाधान गरिने बताउनुभयो । प्राचीन थारु सृजनशिल आदिबासी समाज बर्दियाका कार्यकारी निर्देशक एकराज चौधरीले गुर्बाबा एफएममार्फत आदिवासी थारु,जनजाती सहित सबै समुदायको हक अधिकारको पक्षमा काम गरिरहेको बताउनुभयो । जग्गादाता टीकाराम पौडेलले डेढ कठ्ठा जग्गा र डेनमार्कका फ्लेमिङ टपसोयले ५५ लाख,समाजको २६ लाख, लुम्बिनी प्रदेश सरकारको २० लाख र बासगढि नगरपालिकाको १५ लाख गरि एक करोड १६ लाख रुपियाँको लागतमा भवन निर्माण भएको हो । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...