हिउँमाथि पढ्दै विद्यार्थी

Published on

काठमाडौँ । बाजुरामा मङ्सिर, पुस र माघको चिसोले सबैको मुटु काम्ने गर्छ । त्यसैमा आइतबार राति हिमाली क्षेत्रमा पर्ने अधिकांश ठाउँमा बाक्लो हिमपात परेपछि अहिले यहाँ निकै चिसो बढेको छ । यहाँ परेको बाक्लो हिमपातका कारण चिसोले यहाँका अधिकांश विद्यार्थीहरूको पढाई समेत प्रभावित हुँदै आएको छ । बुढीनन्दा नगरपालिकाका–९ सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय विद्यालयका शिक्षिका जुना रावत हिउँको चिसोमा विद्यार्थीहरूलाई पढाई रहनुभएको छ । उहाँले आफ्नो पाँच महिने शिशुलाई पिठ्यूँमा बोकेर विद्यार्थीलाई शिक्षा दिइरहनुभएको छ । हिउँदको कठ्याङ्ग्रिँदो चिसो उसैमा बाहिर बाक्लो हिम्पात भएको बेलामा पाँच छ महिनाका छोरीलाई पिठ्यूँमा बोकेर विद्यार्थीहरूलाई पढाइ गरेको दृश्यले सबै अचम्मित भएका छन् । विगतका वर्षहरूमा हिउँदमा यहाँका अधिकांश विद्यालय खाली हुन्थ्यो ।

तर अहिले हिउँदको चिसोमा होस् वा वर्षाको झरिमा होस् विद्यालय सञ्चालन हुन्छ । यद्यपि शनिबार र सार्वजनिक बिदा बाहेकमा भने बन्द हुने गर्छ । मङ्सिर, पुस र माघको चिसोका कारण बन्द हुने गरेको यो विद्यालय पछिल्लो समय सधैँ सञ्चालन हुँदै आएको छ । यसले गर्दा बालबालिकाहरू पढाइबाट वञ्चित हुनु परेको छैन । शिक्षिका रावतले अभिभावकसँगै औल लेक गरेर पढाइबाट वञ्चित हुँदै आएका यहाँका भोटे समुदायका विद्यार्थीहरू अहिले विद्यालयमै बसेर पढ्न थालेपछि पढाइमा पनि राम्रो सुधार आएको बताउनुभयो । सिद्धेशवरी अनाथ विपन्न तथा जनजाति आवासीय विद्यालय बाजुराको एक मात्र जनजातिको विद्यालय हो । यहाँ प्रायः भोटे समुदायका विद्यार्थी पढ्ने गर्दछन् । यसैगरी, विगत दुई वर्षदेखि जनजाति, दलित, हलियाका टुहुरा अनाथ बालबालिकाहरूलाई समेत विद्यालयमै राखेर पढाउने गरेको प्रधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो । यस विद्यालयमा १० जना टुहुरा, एक जना अनाथ, १५ जना जनजाति, द्वन्दपीडित र दलित साथै ४० जना भोट समुदायका गरी ६६ जना बालबालिकाहरू हिउँद र बर्खाको समयमा विद्यालयमै बसेर अध्ययन गरी रहेको प्रधानाध्यापक रावतले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...