जन्ती ढुङ्गा संरक्षणमा स्थानीय सरकारको चासो

Published on

काठमाडौँ । तुलसिपुर उपमहानगरपालिका-१३ मा रहेको जन्ती ढुङ्गा संरक्षणमा स्थानीय सरकारको चासो बढेको छ । पौराणिक कालमा जन्ती जानेक्रममा सोही ठाँउमा पुगेको समयमा रात परेको र सोही ठाँउमा अर्को दिन ती जन्ती ढुङ्गाका रुपमा प्रतीक रहेको जनश्रुति रहेको छ । करिब एक बिगाह क्षेत्रफलमा जोडिएर हजारौं ढुङ्गा छन् । तुलसिपुर उपमहानगरपालिका-१३ ले जन्ती ढुङ्गा क्षेत्र संरक्षणमा चारैतिर तारवार गरिएको वडाध्यक्ष मोहन पौडेलले बताउनुभयो । उहाँले संरक्षणका लागि यस वर्ष बजेटको व्यवस्थापन गरिएको बताउनुभयो ।

वडा नं. १४ वडाध्यक्ष शंकर खड्काले जन्ती ढुङ्गा क्षेत्रमा खानेपानी,विद्युत विस्तार सुरु गरिएको बताउनुभयो । तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले मानव उत्पतिकाक्रममा मानव कङ्काल फेला परेको तुही उपत्यकाभित्र पर्ने जन्ती ढुङ्गाको संरक्षणमा विस्तृत विवरण प्रतिवेदन डिपिआर अनुसार बजेट व्यवस्थापन गरिने बताउनुभयो । उहाँले यस क्षेत्रको बाघ ढुङ्गा, हात्ती ढुङ्गा र जन्ती ढुङ्गाको संरक्षण गरी यस क्षेत्रकै पर्यापर्यटनको केन्द्रकारुपमा विकास गरिने बताउनुभयो । जन्ती ढुङ्गा संरक्षण समितिका अध्यक्ष हुमबहादुर नेपालीले संरक्षणका लागि विगतदेखि नै प्रचार प्रसार गर्दै आएको बताउनुभयो ।

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...