जन्ती ढुङ्गा संरक्षणमा स्थानीय सरकारको चासो

Published on

काठमाडौँ । तुलसिपुर उपमहानगरपालिका-१३ मा रहेको जन्ती ढुङ्गा संरक्षणमा स्थानीय सरकारको चासो बढेको छ । पौराणिक कालमा जन्ती जानेक्रममा सोही ठाँउमा पुगेको समयमा रात परेको र सोही ठाँउमा अर्को दिन ती जन्ती ढुङ्गाका रुपमा प्रतीक रहेको जनश्रुति रहेको छ । करिब एक बिगाह क्षेत्रफलमा जोडिएर हजारौं ढुङ्गा छन् । तुलसिपुर उपमहानगरपालिका-१३ ले जन्ती ढुङ्गा क्षेत्र संरक्षणमा चारैतिर तारवार गरिएको वडाध्यक्ष मोहन पौडेलले बताउनुभयो । उहाँले संरक्षणका लागि यस वर्ष बजेटको व्यवस्थापन गरिएको बताउनुभयो ।

वडा नं. १४ वडाध्यक्ष शंकर खड्काले जन्ती ढुङ्गा क्षेत्रमा खानेपानी,विद्युत विस्तार सुरु गरिएको बताउनुभयो । तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले मानव उत्पतिकाक्रममा मानव कङ्काल फेला परेको तुही उपत्यकाभित्र पर्ने जन्ती ढुङ्गाको संरक्षणमा विस्तृत विवरण प्रतिवेदन डिपिआर अनुसार बजेट व्यवस्थापन गरिने बताउनुभयो । उहाँले यस क्षेत्रको बाघ ढुङ्गा, हात्ती ढुङ्गा र जन्ती ढुङ्गाको संरक्षण गरी यस क्षेत्रकै पर्यापर्यटनको केन्द्रकारुपमा विकास गरिने बताउनुभयो । जन्ती ढुङ्गा संरक्षण समितिका अध्यक्ष हुमबहादुर नेपालीले संरक्षणका लागि विगतदेखि नै प्रचार प्रसार गर्दै आएको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...