लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तर प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्नुहुँदै मन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले संविधानलाई असफल बनउने छुट कसैलाई नभएको भनाइ राख्नुभयो । उहाँले नेपालमा ६८ वर्षको अवधीमा सात वटा संविधान बनेको स्मरण गरउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको अदारहण भएको बताउनुभयो ।

‘‘हामीले संविधान बनाएका छौं । तुलनात्मक रुपमा हेर्दा यो संविधान अन्य देशका संविधानको तुलनामा असल छ । संसारभरका संविधानहरुलाई अध्ययन गरेर बनाएको हुनाले हाम्रो संविधान कान्छो र सफल हो । संविधानमा हामीले गणतन्त्र र संघीयताको विषयमा महत्त्वपूर्ण निर्णय गरेका छौं । हाम्रा नयाँ अभ्यासहरु प्रयोग भएका छन् ।,’’ मन्त्री लेखकले भन्नुभयो, ‘‘ यसरी नै हाम्रा लोकतान्त्रिक मूल्य मान्यताहरुलाई यो संविधानमा समावेश गरेका छौं । यो संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरण आजको मुख्य कार्यभार हो । मैले एउटा कुरा निरन्तर भन्ने गरेको छु, यो संविधानलाई असफल बनाउने छुट हामी कसैलाई छैन । किनभने नेपाल ६८ वर्षमा सात वटा संविधान बनेको देश हो ।’’

उहाँले संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्नुहुँदै त्यसका विरुद्ध कडा रुपले उभिन जरुरी रहेको बताउनुभयो । उहाँले भोतिक विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहेपनि संविधानकै कारण मुलुकमा समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको औंल्याउनुभयो । संविधान विरोधी गतिविधिहरु कुनैपनि हिसावले क्षम्य नहुने लेखकको भनाइ छ ।

‘‘संविधानलाई असफल बनाउन संविधान विरोधी गतिविधिहरु गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्न प्रयत्न गर्ने कोसिशहरु हुने गरेका छन् । त्यसका विरुद्ध हामी कडा रुपले उभिन जरुरी छ । केही कुराहरुमा समाधान गर्न नसक्दा नागरिकमा असन्तुष्टि भएपनि संविधानको कमजोरीका कारण मुलुकको विकास हुन नसकेको भन्ने भाष्य र गतिविधि भइरहेका छन् यस्ता गतिविधिहरु कुनैपनि हिसावले क्षम्य हुँदैनन् ।’’ उहाँले भन्नुभयो । उहाँले मुलुकमा साइबर अपराधका घटनाहरु बढिरहेको बताउनुभयो । उहाँले व्यक्तिगत चरित्रहत्या र समाजको शान्ति व्यवस्था खल्बल्याउने अपराधिक क्रियाकलापहरु बढेको उल्लेख गर्दै यसकाविरुद्ध सरकार निर्मम ढङ्गले प्रस्तुत हुने बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘पछिल्लो समय साइबर क्राइम बढिरेहको स्थिति छ । साइबर क्राइममा पनि खासगरी घृणात्मक अभिव्यक्तिहरु बढिरहेको पाइएको छ । कसैको व्यक्तिको चरित्र हत्या गरिदिने अथवा समाज समाजका बिचमा द्वन्द्व बढाउने, विषेश, भूगोल, धर्म र भाषाका बिचमा पनि विद्वेष फैलाउनले र समाजलाई गलत ढङ्गले प्रभावित पार्ने तरिकाले यो अपराध बढिरेहेको छ । यो अपराध नियन्त्रणका लागि पनि हामीले कुनै पनि खालको सम्झौता नगरेर निर्मम ढङ्गले प्रस्तुत हुन जरुरी छ ।’’ जनतालाई कानुनी राज्यको प्रत्याभुति दिलाउने सवालमा सरकारले कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...