विराटनगरलाई हराउँदै काठमाडौँ प्लेअफको संघारमा

Published on

काठमाडौँ । विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो । पराजित विराटनगर यसअघिनै प्लेअफ होडबाट बाहिरिसकेको छ । लिगमा सबै सात खेल सकेको काठमाडौँले आठ अङ्क बनाएको छ ।

अब काठमाडौँलाई प्लेअफमा पुग्न सोमबार हुने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिचको नतिजाले भर पार्नेछ । उक्त खेलमा कर्णाली फराकिलो अन्तरले हारेमा काठमाडौँको अगाडिको यात्रा सहज बन्नेछ । अहिले ६ खेल सकेको कर्णालीको पनि आठ अङ्क छ । काठमाडौँको जितसँगै समान आठ अङ्क बनाएको सुदूरपश्चिम रोयल्सले दुई खेल अगावै र चितवन टाइगरले नेट रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको छ । १० अङ्क बनाएको जनकपुर बोल्ट्स यसअघिनै अघिल्लो चरणमा पुगिसकेको छ । काठमाडौँका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाउनुभयो । यस्तै शंकर रानाले अविजित १६, रसिद खानले १४, जेराल्ड इरसमसले १२, दीपेश कँडेलले अविजित ११ र माइकल लेभिटले १० विकेट लिनुभयो ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिनुभयो । चार्स सोल, अनिल खरेल र वसिर अहमदले दुई दुई विकेट लिनुभयो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९।५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । विराटनगरका लागि राजेश पुलामीमगरले २५ रन बनाउनुभयो । ओपनर दीपक बोहराले २०, स्कट एडवार्डले १५ र वसिर अहमदले १३ र निकोलनस किर्तनले १२ रन बनाउनुभयो । विराटनगरलाई सस्तैमा रोक्न काठमाडौँका जेरार्ड इरास्मसले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक चार विकेट लिनुभयो । यस्तै दीपेश कँडेलले दुई तथा साहब आलम, करण केसी र डानियल डाउथवेटले एक एक विकेट लिनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...