‘२५ प्रतिशत रोग वातावरणीय जोखिम तत्वका कारण लाग्छ’

Published on

काठमाडौँ । पछिल्लो समय जलवायुका कारणले विभिन्न स्वास्थ्य समस्या बढ्दै गएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार विश्वव्यापी हुने रोगको भार मध्ये एक चौथाई अर्थात २५ प्रतिशत (लगभग १३ मिलियन)को मृत्यु वातावरणीय जोखिमको कारणले हुने अनुमान गरिएको छ ।

जलवायु परिवर्तनले न्यून आय भएका देशका जनतालाई बढी प्रभावित भएको डा।धिमाल बताउनुहुन्छ । जलवायु परिवर्तनले पानी, वायु, माटोमा असर गर्ने हुँदा खानेपानीजन्य, प्रदूषणबाट हुने रोगको जोखिम बढ्छ । जलवायु परिवर्तनले कोलेरा, डाइरिया जस्ता रोगको भार र मृत्युदर बढाउने डा. धिमाल बताउनुहुन्छ । डा. धिमालका अनुसार जलवायु परिवर्तनले बालबालिका वृद्धावृद्ध, गर्भवतीमा बढी असर पुग्ने गर्छ । जलवायु परिवर्तनका कारणले तराईमा मात्र देखिने किटजन्य रोगको भार जस्तै डेंगु, मलेरिया, कालाजार जस्ता किटजन्यरोग हिमाली जिल्लामा पनि देखिन थालेको डा. धिमालको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “जलवायु प्रदूषणले रोगको भार बढ्दै गएको छ । एक अध्ययनले एक डिग्री तापक्रम बढेमा डाइरिया जन्य रोगको भार ४.४ प्रतिशतभन्दा बढी र हिमाली जिल्लामा पाँच वा छ प्रतिशतले बढ्ने देखाएको छ ।” जलवायु परिवर्तनका कारण नसर्ने रोगको भार बढ्दै गएको चिकित्सक बताउछन् । नेपालमा ७१ प्रतिशतको मृत्यु नसर्ने रोगका कारण हुने गर्छ । त्यसका अलाव जलवायु परिवर्तनका कारणले मानसिक समस्या, कुपोषणको भार बढ्दै गएको उहाँ बताउनुहुन्छ । कुपोषणका कारणले विश्वमा ३१ लाख बालबालिकाको मृत्यु हुने गर्छ । यो समस्यालाई समयमानै सम्बोधन गरी राज्यले यो सम्बन्धी रणनीति बनाएर काम सुरु नगरेर भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने डा. धिमालको तर्क छ । युनएनले पनि जलवायु परिवर्तनलाई स्वास्थ्य सङ्कटको घोषण गरिसकेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...