कैलालीका नदीहरुमा देखिए दुर्लभ घडियाल

Published on

काठमाडौँ । कैलालीका तीन नदीमा दुर्लभ घडियाल गोही देखापरेका छन् । वर्षा याममा विभिन्न नदीमा देखिने घडियाल जाडोमा कर्णाली, मोहना र पथरैया नदीमा सीमित भएका हुन् । हिउँदमा पानीको सतह घट्ने गरेकाले वर्षातको सिजन सकिएसँगै गहिराइ खोज्दै घडियाल गोही कर्णाली नदीको तल्लो तटीय क्षेत्रतर्फ जाने गर्छन् ।

तर यस वर्ष पथरैयासहित मोहना नदीमा पनि हिउँदमा घडियाल बसिरहेको जनाइएको छ । पथरैया नदीमा गतवर्ष पनि हिउँदमा घडियालको बसोबास थियो । यसवर्ष सो नदीसहित भजनी नगरपालिकाको हलौना घाटस्थित मोहना नदीमा हिउँदमा घडियाल देखापरिरहेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो ।

उहाँका अनुसार कर्णाली नदीको श्रीलङ्का टापु क्षेत्रमा कम्तीमा पाँच वटा घडियाल गोहीको बसोबास छ । यसवर्ष तीन वटा नदीहरुमा घडियाल बसिरहेकाले यो वर्ष तीनै नदीहरुमा सो प्रजातिको गोहीले अण्डा दिने र बच्चा कोरल्ने सम्भावना रहेको संरक्षणकर्मी ढुङ्गानाले बताउनुभयो । गतवर्ष कर्णाली र पथरैया नदीमा घडियालले बच्चा कोरलेको थिए । मोहना नदीमा भने घडियालले बच्चा कोरलेको अहिलेसम्म भेटिएको छैन ।

पुस, माघमा ‘मेटिङ’ पछि पोथी घडियालले चैत वैशाखतिर अण्डा दिने गर्दछन् । ६० देखि ९० दिनको अवधिमा अण्डाबाट बच्चा निस्कने गरेको जनाइएको छ । अब प्रजनन समय आइरहेकाले यो बेलासम्म घडियाल तीन नदीमा देखिनु राम्रो सङ्केत रहेको ढुङ्गानाको भनाइ छ । उहाँले यसवर्ष तीन वटै नदीमा घडियालले प्राकृतिक रुपमा बच्चा कोरल्न सक्ने स्पष्ट पार्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...