कैलालीका नदीहरुमा देखिए दुर्लभ घडियाल

Published on

काठमाडौँ । कैलालीका तीन नदीमा दुर्लभ घडियाल गोही देखापरेका छन् । वर्षा याममा विभिन्न नदीमा देखिने घडियाल जाडोमा कर्णाली, मोहना र पथरैया नदीमा सीमित भएका हुन् । हिउँदमा पानीको सतह घट्ने गरेकाले वर्षातको सिजन सकिएसँगै गहिराइ खोज्दै घडियाल गोही कर्णाली नदीको तल्लो तटीय क्षेत्रतर्फ जाने गर्छन् ।

तर यस वर्ष पथरैयासहित मोहना नदीमा पनि हिउँदमा घडियाल बसिरहेको जनाइएको छ । पथरैया नदीमा गतवर्ष पनि हिउँदमा घडियालको बसोबास थियो । यसवर्ष सो नदीसहित भजनी नगरपालिकाको हलौना घाटस्थित मोहना नदीमा हिउँदमा घडियाल देखापरिरहेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो ।

उहाँका अनुसार कर्णाली नदीको श्रीलङ्का टापु क्षेत्रमा कम्तीमा पाँच वटा घडियाल गोहीको बसोबास छ । यसवर्ष तीन वटा नदीहरुमा घडियाल बसिरहेकाले यो वर्ष तीनै नदीहरुमा सो प्रजातिको गोहीले अण्डा दिने र बच्चा कोरल्ने सम्भावना रहेको संरक्षणकर्मी ढुङ्गानाले बताउनुभयो । गतवर्ष कर्णाली र पथरैया नदीमा घडियालले बच्चा कोरलेको थिए । मोहना नदीमा भने घडियालले बच्चा कोरलेको अहिलेसम्म भेटिएको छैन ।

पुस, माघमा ‘मेटिङ’ पछि पोथी घडियालले चैत वैशाखतिर अण्डा दिने गर्दछन् । ६० देखि ९० दिनको अवधिमा अण्डाबाट बच्चा निस्कने गरेको जनाइएको छ । अब प्रजनन समय आइरहेकाले यो बेलासम्म घडियाल तीन नदीमा देखिनु राम्रो सङ्केत रहेको ढुङ्गानाको भनाइ छ । उहाँले यसवर्ष तीन वटै नदीमा घडियालले प्राकृतिक रुपमा बच्चा कोरल्न सक्ने स्पष्ट पार्नुभयो । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...