दुई नदीको मिलन बिन्दु जिते सुनसान

Published on

काठमाडौँ । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिकाका सिमा क्षेत्र जिते बजार अहिले पुरै खाली छ । कुनै समय हाट बजारले निकै चलहपहल भइरहने बजार अनि कर्णाली नदी र तिला नदीको मिलन केन्द्र रहेको जिते क्षेत्र अहिले भने सुनसान छ । वर्षातको समय सकिएको र हिउँदको सिजन भएकाले दुवै नदीमा पानीको बहाफ घटेको छ । बगरमा देखिने चिप्ला ढुङगा आआफ्नै किनारबाट बगिरहेका दुई नदी पश्चिम क्षेत्रबाट कर्णाली र पूर्व क्षेत्रवाट बग्ने तिलानदीको मिलन बिस्तारै भइरहेको छ ।

पलाँता गाउँपालिका ९ का स्थानीय पुर्णवहादुर बमले जितेमा दुई नदी बिचको मिलन बिन्दु सारै रहर लाग्दो भएको बताउनुहुन्छ । बमले ठुला कर्णालीले सानो तिला माथि कुनै हस्तक्षेप गरेको छैन । दुई किनारमा दुई नदी आफ्नै गतीमा बगेर तलसम्म आआफ्नो क्षेत्र ओगटेका छन् भने अलि तल पुगेपछि समायोजन भएका छन्, बमले भन्नुभयो । तिला नदीको मिलन क्षेत्र ओरालो भएकाले कर्णालीमा सबैसँगै मिसिन्छ । वर्षातको समयमा झन् ताल परेर बग्ने गरेका छन् ।

दुई नदीको मिलन बिन्दुको माथि तिर शिव मन्दीर निमार्ण गरिएको छ । तिला र कर्णाली नदीमा छुट्टा छुट्टै बनेका दुई झोलङगे पुल पनि यहाँको स्वभा बढाइरहेको छ । कर्णाली घुम्न आउने जुनसुकै पर्यटकले यहाँ दुई नदीको मिलन र अग्ला पहाडको फोटा कैद गर्ने गरेका छन् । स्थानीय प्रेमवहादुर मल्लले यहाँको पहाड, तल बग्ने नदी उता पटी कर्णाली राजमार्ग, कर्णाली करिडोर लगाएतले जितेको यो क्षेत्रलाई हेर्न लायक बनाएको सुनाउनुभयो । बजार हटेपनि दुई नदीको मिलन बिन्दुका कारणले मान्छेको चहलपहल भइरहेको छ । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...