नायब सुब्बाविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा

Published on

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा नायब सुब्बा पदमा कार्यरत अशोक कुमार यादवविरुद्ध सेवाग्राहीसँग २० हजार रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष) ले पाउनुपर्ने कृया खर्च तथा क्षतिपुर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा अशोक कुमार यादव र दिनेश प्रसाद साहको आपसी मिलेमतोमा सवारी दुर्घटनामा मृत्यु भए पश्चात् नियमानुसार प्राप्त गर्नुपर्ने काजकृया तथा क्षतिपूर्ति उपलब्ध गर्न गराउन सहजीकरण गर्ने गराउने प्रयोजनका लागि सो घुस माग गरिएको देखिएको आयोगले जनाएको छ । आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरु दुई जनाविरुद्ध बिगो रकम २० हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ विशेष अदालत, काठमाडौंमा सोमबार आरोपपत्र दायर भएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...