नायब सुब्बाविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा

Published on

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा नायब सुब्बा पदमा कार्यरत अशोक कुमार यादवविरुद्ध सेवाग्राहीसँग २० हजार रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष) ले पाउनुपर्ने कृया खर्च तथा क्षतिपुर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा अशोक कुमार यादव र दिनेश प्रसाद साहको आपसी मिलेमतोमा सवारी दुर्घटनामा मृत्यु भए पश्चात् नियमानुसार प्राप्त गर्नुपर्ने काजकृया तथा क्षतिपूर्ति उपलब्ध गर्न गराउन सहजीकरण गर्ने गराउने प्रयोजनका लागि सो घुस माग गरिएको देखिएको आयोगले जनाएको छ । आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरु दुई जनाविरुद्ध बिगो रकम २० हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ विशेष अदालत, काठमाडौंमा सोमबार आरोपपत्र दायर भएको छ ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...