बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको अनुगमन सुरु

Published on

काठमाडौँ । पश्चिम नेपालका दुई प्रमुख निकुञ्जहरु बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको अनुगमन कार्य सुरु गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले बाँके र बर्दियाका दुवै राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापिङ, चिन्ह पहिचान र डिएनए परीक्षण प्रविधिको प्रयोगमार्फत अनुगमन सुरु गरिएको बताउनुभयो । उहाँले यो अनुगमन कार्यले दुबै निकुञ्जमा रहेका बाघको संख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने जनाउँदै त्यसबाट आगामी कार्ययोजना बनाउन सहज हुने बताउनुभयो ।

यस प्रविधिको प्रयोगले बाघ र बाघको आहारा प्रजातिको संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको प्रष्ट पार्दै सूचना अधिकारी पंगेनीले बाँके र बर्दियामा शुरु गरिएको यो अनुगमनले बाघ संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँका अनुसार बाँके राष्ट्रिय निकुञ्जलाई चार ब्लकमा विभाजन गरी दुई किलोमिटर क्षेत्रफलको एउटा ग्रिड बनाएर स्वचालित क्यामेरा राखिएको छ । क्यामेराको सहयोगले बाघ र आहारा प्रजातिको गतिविधि र दिशा सम्बन्धी तथ्याङ्क सङ्कलन गरिने छ । यस कार्यमा निकुञ्जका प्राविधिक कर्मचारी र नेपाली सेनालाई आवश्यक तालिम प्रदान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार अनुगमन कार्यलाई अझ प्रभावकारी बनाउन बाँके निकुञ्जको जंगलमा १२० स्थानमा स्वचालित क्यामेरा राखेर अनुगमन गरिनेछ ।

बाँकेको खडकबारस्थित हात्तीसार क्षेत्रमा वनदेवीको पूजा गरी अनुगमन औपचारिक रुपमा सुरु गरिएको छ । डिआइ परियोजना अन्तर्गत जेडएसएल र एनटीएनसीले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग सहकार्य गरी अनुगमन कार्यलाई अघि बढाएको जनाइएको छ । अनुगमनका लागि खटिएका २० जना प्राविधिक कर्मचारीहरूले ८० दिनसम्म जंगलमै बसेर काम गर्ने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ। पछिल्लो समयमा आएर दुबै निकुञ्जको नजिक रहेका बस्तीहरुमा छिरेर बाघले सर्वसाधारणलाई आक्रमण गर्ने र वन्यजन्तुले घर भत्काउने तथा खाद्यान्न नष्ट गर्ने कार्य बढेको स्थानीयको गुनासो छ । वन्यजन्तु र मानिसविचको द्धन्द बढ्दै गएकोले सो रोक्नका लागि प्रभावकारी योजना शुरु गर्न स्थानीयले पटक पटक सरकारसँग माग गर्दै आएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...