स्थानीय उत्पादनलाई प्राथमिकता

Published on

काठमाडौँ । पाल्पा, तानसेन नगरपालिका-४ ले तानसेनका महिलाहरुलाई व्यावसायिक बनाउने अभियान चलाएको छ । वडा नं ४ ले महिलाहरुलाई विभिन्न किसिमका सिपमूलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउँदै आर्थिक विकासमा सहयोग पुर्‍याउने लक्ष्य लिएको वडा अध्यक्ष हेमन्तराज शाक्यले बताउनुभयो ।

तानसेन नगरपालिका–४ का महिलाहरुले स्थानीय उत्पादन प्रयोग गरेर जुस, जाम, जेली र मिक्स जाम बनाउने सिप सिकेका छन् । १२ वटा टोलविकास संस्थाका ३० जना महिलाले स्थानीय उत्पादन, सुन्तला, मौसम, बेलाउती, स्याउको प्रयोग गरेर स्थानीय रुपमा जेली, जाम र जुस बनाउने तालिम लिए । वडा नं ४ को आर्थिक सहयोग, मखनटोल टोल विकास संस्थाको आयोजनामा ४ दिने जुस बनाउने तालिम दिएको मखनटोल विकास संस्थाका अध्यक्ष ज्ञानु कार्कीले बताउनुभयो ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनका महिलाले जुस जाम बनाउँदा स्थानीय उत्पादनको प्रयोग हुने र कृषकको आयआर्जनमा वृद्धि हुने बताउनुभयो । श्रेष्ठले महिलाले आयआर्जन गरेपछि घरमा पनि सहज हुने बताउँदै गुणस्तरीय जुस, जाम, जेली बनाउनमा लाग्नुपर्ने, उत्पादन गरेर एउटा उद्योगको रुपमा दर्ता गर्न आग्रह गर्दै आवश्यक पर्ने सरससमान र बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

नगर प्रवक्ता यादवसिंह कार्कीले तालिमलाई व्यावहारिक रुपमा प्रयोगमा ल्याउन नगरपालिकाबाट संस्थाले खोजेको सहयोग प्रदान गर्न सकिने बताउनुभयो । महिला लक्षित बजेटबाट महिलाको आयआर्जनमा वृद्धि गर्न, उत्पादनशील कार्यमा महिलालाई लगाउन यो कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ । गोरखापत्र

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...