जिउली पाटनका भेडा बेँसी झारियो

Published on

काठमाडौँ । वर्षातको समयमा चरिचरनका लागि लेक क्षेत्रमा लिएका भेडा यतिबेला औला अर्थात् बेँसी क्षेत्रतिर झारिएका छन् । वर्षातको समयमा चरिचरनका लागि पर्यटकिय क्षेत्र जिउली अर्थात् त्रिवेणी पाटन लैजाने भेडाहरु कात्तिक लागेसँगै औल सार्ने गरिन्छ । यसपालि पनि भेडालाई समयमै तातो हुने क्षेत्रतिर झारिएको भेडा पालकको भनाइ छ ।

रास्कोट २ का रंगबहादुर खड्का अहिले ५७ वर्षको हुनुहुन्छ । उहाँले आफू १२ वर्षको हुँदादेखि बुवासँग भेडा चराउन प्रत्येक वर्ष यही जिउली आउने गरेको र अहिलेसम्म यही रहेको सुनाउनुभयो । म ५७ वर्षको भए, अहिलेसम्म वर्षातको समयमा जिउली त्रिवेणी पाटन र हिउँदको समयमा अछाम, डोटीतिर भेडाको गोठालो लाग्ने गरेको बताउनुभयो ।

‘‘अहिले त सहज छ । फोन छ, घरमा दैनिक कुरा गर्न मिल्छ हिउँदको समयमा । पहिला त हिउँद होस् वा वर्षातको समय कुनै समयमा पनि घर परिवारसँग कुरा हुँदैन । योजनाबद्ध घरमा भेट्न गएपछि मात्र हो, परिवारका सदस्यसँग भेट हुने ।,’’ उहाँले भन्नुभयो, ‘‘अहिले त वर्षातको समयमा पनि डाँडातिर मोबाइल फोनले काम गर्छ । अहिले हरेक कुरामा सहज भएको छ ।’’ विगतभन्दा यो वर्ष चिसो धेरै भएकाले साविकको समयभन्दा अगाडि नै भेडालाई तल्लो क्षेत्र सारिएको छ । अहिले केहीले अछाम पुर्‍याइएको छ भने केहीलाई कालीकोटको तल्लो क्षेत्र कर्णाली नदी किनार क्षेत्रमा राखिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...