जिउली पाटनका भेडा बेँसी झारियो

Published on

काठमाडौँ । वर्षातको समयमा चरिचरनका लागि लेक क्षेत्रमा लिएका भेडा यतिबेला औला अर्थात् बेँसी क्षेत्रतिर झारिएका छन् । वर्षातको समयमा चरिचरनका लागि पर्यटकिय क्षेत्र जिउली अर्थात् त्रिवेणी पाटन लैजाने भेडाहरु कात्तिक लागेसँगै औल सार्ने गरिन्छ । यसपालि पनि भेडालाई समयमै तातो हुने क्षेत्रतिर झारिएको भेडा पालकको भनाइ छ ।

रास्कोट २ का रंगबहादुर खड्का अहिले ५७ वर्षको हुनुहुन्छ । उहाँले आफू १२ वर्षको हुँदादेखि बुवासँग भेडा चराउन प्रत्येक वर्ष यही जिउली आउने गरेको र अहिलेसम्म यही रहेको सुनाउनुभयो । म ५७ वर्षको भए, अहिलेसम्म वर्षातको समयमा जिउली त्रिवेणी पाटन र हिउँदको समयमा अछाम, डोटीतिर भेडाको गोठालो लाग्ने गरेको बताउनुभयो ।

‘‘अहिले त सहज छ । फोन छ, घरमा दैनिक कुरा गर्न मिल्छ हिउँदको समयमा । पहिला त हिउँद होस् वा वर्षातको समय कुनै समयमा पनि घर परिवारसँग कुरा हुँदैन । योजनाबद्ध घरमा भेट्न गएपछि मात्र हो, परिवारका सदस्यसँग भेट हुने ।,’’ उहाँले भन्नुभयो, ‘‘अहिले त वर्षातको समयमा पनि डाँडातिर मोबाइल फोनले काम गर्छ । अहिले हरेक कुरामा सहज भएको छ ।’’ विगतभन्दा यो वर्ष चिसो धेरै भएकाले साविकको समयभन्दा अगाडि नै भेडालाई तल्लो क्षेत्र सारिएको छ । अहिले केहीले अछाम पुर्‍याइएको छ भने केहीलाई कालीकोटको तल्लो क्षेत्र कर्णाली नदी किनार क्षेत्रमा राखिएको छ ।

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...