मौरीपालनबाट राम्रो आयआर्जन

Published on

काठमाडौँ । प्युठान नगरपालिका–७ टिकुरीका डिमराज पोख्रेलले व्यवसायिक मौरी पालन थालेको सात वर्ष भयो । शिक्षण पेशाबाट अवकास लिएसँगै मौरी पालन व्यवसायमा लाग्नुभएका पोख्रेलले मौरीपालनबाटै वार्षिक लाखौं रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । मौरीसँगै रमाइ रहनुभएका पोख्रेलले वार्षिक १५ देखि २० क्विन्टल मह उत्पादन गर्नुहुन्छ । “व्यावसायिक रुपमा मौरी पाल्न सुरु गरेको सात वर्ष भयो,” पोख्रेलले भन्नुभयो, “आम्दानी पनि राम्रो छ ।” पोख्रेलसँग अहिले झण्डै एक सय घार मौरी रहेका छन् । उहाँले शेरेना र मेलिफेरा जातको मौरी व्यावसायिक रुपमा पाल्दै आउनुभएको छ ।

जिल्लामा पछिल्लो समय मौरीपालन गर्ने किसान समेत बढ्दै गएका छन् । चरन क्षेत्र प्रशस्त रहेको जिल्लामा मौरीपालनको राम्रो सम्भावना रहेको छन् । किसान पार्वता पोख्रेलले यो वर्ष पाँच क्विन्टल मह उत्पादन भएको बताउनुभयो । ४० घार मौरी पाल्नुभएकी पोख्रेलले अझै सिजन रहेकाले थप दुई क्विन्टल मह उत्पादन हुने बताउनुहुन्छ । “अहिले पाँच क्विन्टल उत्पादन भयो,” उहाँले भन्नुभयो, “चैतसम्म अझै दुई क्विन्टल उत्पादन हुन्छ ।” जिल्लामा अहिले होलसेल प्रति केजी सात सय रुपियाँमा मह बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

जिल्लामा प्रशस्त मात्रामा मौरी चरिचरण क्षेत्र रहेकोले पछिल्लो समय मौरी पालन किसानहरु बढ्दै गएको तथ्याङ्क छ । व्यावसायिक मौरीपालन किसान वढेसँगै मह बिक्रीका लागि समेत समस्या हुने गरेको मधुसुधन भण्डारीले बताउनुभयो । जिल्लाको सरुमारानी गाउँपालिका, स्वर्गद्घारी नगरपालिका, प्युठान नगरपालिका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिका क्षेत्रमा मौरीपालनको राम्रो सम्भावना रहेको छ । जिल्लामा ११ हजार ७९६ वटा घार रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले जनाएको छ । वार्षिक एक सय ५८ मेट्रिकटन मह उत्पादन हुने अनुमान गरिएको कार्यालयका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...