पेट्रोल पम्पमा ग्राहक ठगी, अनुसन्धानका लागि पम्प सिल

Published on

काठमाडौँ । सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकामा रहेको भगत पेट्रोल पम्पले ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएको छ। कम परिमाणमा इन्धन बिक्री गरेर ग्राहकलाई ठगी गरेको घटना सार्वजनिक भएपछि अनुसन्धानका लागि पम्पमा सिलबन्दी गरिएको छ।

पेट्रोल पम्पले ग्राहक ठगिरहेको गुनासो आएपछि नेपाल आयल निगमका प्राविधिकले उक्त पेट्रोल पम्पलाई सिल गरेका हुन्।आयल निगमका प्राविधिकका अनुसार महिनैपिच्छे पम्पको चेकजाँच हुने र नापतौलका औजारको अवस्था जाँच गरिने भए पनि यस पम्पमा प्राविधिक समस्या देखिएको छ।

पम्प सञ्चालक दीपनारायण भगतले मेसिनरी उपकरण कहिलेकाहीं बिग्रने सम्भावना हुने भएकाले समस्या भएको प्रतिक्रिया दिनुभयो। यसबारे आयल निगमलाई समयमै जानकारी गराएको भए पनि प्राविधिक ढिलो आएकाले अहिले पम्पलाई पूर्ण रूपमा सिल गरिएको उहाँको भनाइ छ।

पाँच हजारको डिजेल किन्दा पाँच लिटर कम भेटिएपछि स्थानीयले गुनासो गरेका थिए। किसान काममा व्यस्त हुँदा बालबालिकालाई डिजेल किन्न पठाउँदा ठगिएको स्थानीयको गुनासो छ। स्थानीयले पम्प सञ्चालकसँग गुनासो गर्दा सुनुवाइ नभएपछि घटना सार्वजनिक भएको हो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...