मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि अख्तियारी

Published on

काठमाडौँ । कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले कर्णाली प्रदेशका स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि अख्तियारी प्रदान गरेको हो ।

यस्तै बैठकले बड्डीचौर–बिउरेनी–बाबियाचौर–विद्यापुर सडकखण्ड ९१३.१० किलोमिटरलाई राष्ट्रिय प्राथमिकता आयोजनामा समावेश गर्ने, कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ संशोधन गर्ने र परियोजना सम्झौता गर्नका लागि सहमति प्रदान गर्ने सम्बन्धमा निर्णय गरेको छ ।

यस्तै सहयोगापेक्षी मानव संरक्षण तथा व्यवस्थापन कार्यविधि र अपाङ्गता प्रदेश निर्देशन समिति गठन, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । बैठकले अपाङ्गता रोकथाम तथा पुनस्र्थापना साझेदारी कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तह सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...