एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै

Published on

काठमाडौँ । जिल्लामा अहिले एचआईभी सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या १३० पुगेको छ । सङ्क्रमित सबैले जिल्ला अस्पतालको एआरटी सेन्टरबाट नियमित औषधी खाने गरेका छन् । उनीहरूलाई जिल्ला अस्पताल बिजुवारमा रहेको एआरटी सेन्टरबाट परामर्शका साथै एआरटी औषधी उपलब्ध गराइने गरिएको एआरटी काउन्सिलर मेनुका केसीले बताउनुभयो । उहाँका अनुसार रोजगारीका लागि भारत जाने सङ्क्रमित व्यक्तिले छ महिनाका लागि पुग्ने गरी औषधी लैजाने गरेका छन् । टाढाका सङ्क्रमितले दुई महिना र नजिकका सङ्क्रमितले एक महिनाका लागि औषधी लैजाने गरेको उहाँले बताउनुभयो ।

जिल्लाभर अहिले घर घरमै पुगेर एचआइभी परीक्षण गर्ने गरिएको छ । एचआइभी तथा क्षयरोग रोकथाम कार्यक्रम अन्तर्गत घरमै पुगेर निःशुल्क रूपमा एचआईभी परीक्षण गर्ने गरिएको हो । एचआइभी सङ्क्रमणको सम्भावित जोखिममा रहेका भारतमा रोजगारीका लागि जाने व्यक्ति र तिनको परिवारलाई लक्षित गरी सेभ दी चिल्ड्रेनरग्लोबल फन्डको सहयोगमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले यो अभियान चलाइरहेको छ ।

घरमा पुगेर परीक्षण गरिनुका साथै घुम्ती शिविरमार्फत समेत सेवा प्रवाह गर्ने संस्थाले जनाएको छ । त्यसका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी शिविर गर्ने गरिएको संस्थाका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसै गरी एचआइभी सङ्क्रमितको साझा संस्था प्युठान प्लसले सङ्क्रमितको हेरचाहमा सहयोग गर्दै आएको छ । एचआइभी तथा एड्स महासङ्घसँगको साझेदारीमा केयर एन्ड सपोर्ट कार्यक्रम सञ्चालन गर्दै आएको कार्यक्रम तथा वित्त अधिकृत तपेन्द्र विकले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...