धरानमा सङ्गीत जात्रा हुने

Published on

काठमाडौँ । धरान उपमहानगरपालिकामा सङ्गीत जात्रा २०८१ हुने भएको छ । “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ हुने जात्रामा मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकारसहितको अर्ग्यानिक खाद्यान्न महोत्सव हुने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

महोत्सव धरान १५ स्थित पर्यटकीय स्थल बगरकोटमा यही पुस ७ गतेदेखि १७ गतेसम्म धरान सङ्गीत जात्रा सांस्कृतिक महोत्सव आयोजना हुने आयोजकले जनाएको छ ।नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजना र सह आयोजक त्रिवेणी महिला समूह धरान १५ रहेको महोत्सवको संयोजक तथा सल्लाहकार दीपचन्द्र राईले बताउनुभयो ।

महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने उहाँले बताउनुभयो । मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक कार्यक्रम, नृत्य प्रस्तुति, जातीय परिकारसहितको अर्ग्यानिक खाद्यान्नलगायत महोत्सवमा स्थानीय उत्पादनहरूलाई प्राथमिकता दिइने संयोजक राईले बताउनुभयो । महोत्सवमा ५० वटा स्टल रहने उहाँले बताउनुभयो ।

महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चाहरूदेखि सबै उमेर समूहका नागरिक रमाउन सक्ने खेलको व्यवस्था रहेको आयोजकले जनाएको छ । महोत्सवको पहिलो दिनदेखि पूरै अवधिभर राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गरिने संयोजक राईले बताउनुभयो । सदाबहार रुचाइएका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

अनुमानित ८० लाख लागत रहने महोत्सवमा प्रवेशका लागि दिउँसोको समय निःशुल्क रहनेछ । अपराह्न ४ बजेपछि कलाकारहरूको प्रस्तुतिलाई दृष्टिगत गर्दै प्रवेश शुल्क निर्धारण गरिने आयोजकले जनाएको छ । गीत, सङ्गीतको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने र धरानमा आगन्तुकहरू भित्र्याउँदै, धरानको समृद्धिमा योगदान पुऱ्याउने उद्देश्यले आयोजना गरिएको धरान १५ का वडाध्यक्ष नरेश ईवारमले बताउनुभयो ।

यस महोत्सवबाट बचेको रकम सामाजिक काममा सदुपयोग गरिने उद्देश्यका साथ आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा कानुन विपरीतको कुनै पनि काम नगर्ने संयोजक राईले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...